सडकखण्डको घोप्टेभीरमा लगातार सुक्खा पहिरो खसी सवारी आवागमन प्रभावित हुनुका साथै मानवीय क्षतिसमेत पुगेको तथ्यलाई मध्यनजर गर्दै सम्भावित जोखिम न्यूनीकरण गर्न प्रशासनले यस्तो निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनाअनुसार आज (मंसिर ५ गते) देखि लागू हुने गरी प्रत्येक दिन बिहान ११:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द रहनेछ।
घोप्टेभीर क्षेत्रमा माथिबाट निरन्तर ढुङ्गा–माटो खसेर ठूलो जोखिम निम्त्याइरहेकाले उक्त जोखिमयुक्त भागलाई माथिबाटै काटेर सडकलाई सुरक्षित बनाउन सवारीसाधन रोकेरै काम गर्न लागिएको प्रशासनले जनाएको छ।
तोकिएको ५ घण्टाको समयअवधिमा सडक पूर्ण रूपमा बन्द हुने भएकाले सो समयमा यात्रा गर्दा वैकल्पिक मार्ग प्रयोग गर्न वा आफ्ना यात्रा समयको उचित व्यवस्थापन गरेर मात्र निस्किन सम्बन्धित सबै चालक तथा यात्रुहरूलाई जिल्ला प्रशासन कार्यालयले विशेष अनुरोध गरेको छ।