बैंकले विद्युतीय टोल भुक्तानी प्रणालीलाई सहज बनाउन आफ्ना विभिन्न शाखाबाट एन–ट्याग उपलब्ध गराउने व्यवस्था गरेको हो।

एन–ट्याग विद्युतीय टोल भुक्तानी प्रणाली हो। यसको प्रयोगबाट सवारी चालकले टोल बुथमा रोकिनु नपरी छिटो, सहज र नगदरहित रूपमा टोल शुल्क भुक्तानी गर्न सक्नेछन्। सवारीसाधनमा एन–ट्यागको स्टिकर टाँसेपछि सुरुङमार्ग हुँदै यात्रा गर्दा स्वतः रकम कट्टा हुने व्यवस्था छ। यसले टोलमा हुने भीडभाड र लामो लाइनको झन्झट कम गर्नुका साथै यात्राको समय बचत गर्ने बैंकले जनाएको छ।
एन–ट्याग प्राप्त गर्न ग्राहकले सवारीसाधनको ब्लुबुक, नागरिकता वा राष्ट्रिय परिचयपत्र, पासपोर्ट साइजको फोटो र मोबाइल नम्बर लिएर नजिकैको कुमारी बैंक शाखामा सम्पर्क गर्न सक्नेछन्।
त्यस्तै, बैंकको वेबसाइटमार्फत अनलाइन एन–ट्याग दर्ता प्रक्रिया पनि पूरा गर्न सकिने व्यवस्था गरिएको छ।
डिजिटल भुक्तानी तथा आधुनिक बैंकिङ सेवाको विस्तारलाई निरन्तरता दिँदै आएको कुमारी बैंकले सम्पूर्ण सवारीधनीलाई टोलमा नरोकिई समय बचत गर्दै सहज यात्रा गर्न एन–ट्याग जडान गर्न आग्रह गरेको छ।