राष्ट्रिय मनिचेञ्जरको इजाजतपत्र खारेज, कारोबार बन्द गर्ने सञ्चालकको स्वेच्छिक निर्णय

Nov 26, 2026 05:18 PM Merolagani



नेपाल राष्ट्र बैंकले कञ्चनपुरको महेन्द्रनगरस्थित राष्ट्रिय मनिचेञ्जर प्रा.लि.को मनिचेञ्जर कारोबार गर्ने इजाजतपत्र खारेज गरेको छ। भारतीय रुपैयाँ खरिदबिक्रीको कारोबार गर्न अनुमति पाएको उक्त कम्पनीले आफ्नो व्यवसाय बन्द गर्ने निर्णय गर्दै इजाजतपत्र खारेजीका लागि निवेदन दिएपछि राष्ट्र बैंकले अनुमति खारेज गरेको हो।

 

नेपाल राष्ट्र बैंकको धनगढी कार्यालयले २०८३ मंसिर १० गते सार्वजनिक सूचना जारी गर्दै कम्पनीको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको छ। भीमदत्तनगर नगरपालिका–४, महेन्द्रनगरमा रहेको उक्त मनिचेञ्जरले कारोबार बन्द गरिसकेको र इजाजतपत्रसमेत खारेज गरिदिन स्वेच्छिक रूपमा निवेदन पेस गरेको सूचनामा उल्लेख छ।

कम्पनीको निवेदनका आधारमा नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम २२ बमोजिम इजाजतपत्र खारेज गरिएको हो। यसका लागि राष्ट्र बैंकले २०८३ कात्तिक २० गते निर्णय गरेको जनाएको छ। राष्ट्र बैंकले उक्त निर्णयबारे सम्बन्धित सबैको जानकारीका लागि सार्वजनिक सूचना जारी गरेको हो।

इजाजतपत्र खारेजीसँगै राष्ट्रिय मनिचेञ्जर अब राष्ट्र बैंकबाट अनुमति प्राप्त मनिचेञ्जरका रूपमा भारतीय मुद्रा खरिदबिक्री कारोबार गर्न पाउने छैन। यद्यपि, कम्पनीले स्वेच्छिक रूपमा व्यवसाय बन्द गर्नुको कारण वा यस