प्राधिकरणले साउनदेखि कात्तिकसम्म देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको २ अर्ब ३८ करोड ८७ लाख युनिट विद्युत् भारत र बंगलादेशतर्फ निर्यात गरेको हो ।
प्राकिरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री गर्दै आएको छ । साथै, द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार हरेक वर्ष जुन—अक्टोबरसम्म भारतका हरियाणा र बिहार राज्यमा पनि विद्युत् निर्यात भइरहेको छ । त्यस्तै, नेपाल, भारत र बंगलादेशका निकायबीचको त्रिपक्षीय सम्झौता बमोजिम बंगलादेश पनि विद्युत निर्यात हुँदै आएको छ ।
वर्षायामका छ महिनामा अर्थात् प्रत्येक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म बंगलादेशतर्फ विद्युत् निर्यात हुँदै आएको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ र बंगलादेशसँगको व्यापार अमेरिकी डलरमा हुने व्यवस्था छ ।
चार महिनामा भारतर्फको विद्युत् निर्यात
|
महिना
|
ऊर्जा निर्यात (युनिट)
|
कारोबार रकम (रुपैयाँ) प्रतियुनिट औसत दर (रुपैयाँ)
|
कारोबार रकम (रुपैयाँ) प्रतियुनिट औसत दर (रुपैयाँ)
|
|
साउन
|
६२ करोड ९८ लाख
|
५ अर्ब १३ करोड ३९ लाख
|
८.१५
|
|
भदौ
|
५७ करोड ८७ लाख
|
५ अर्ब २२ करोड ९२ लाख
|
९.०४
|
|
असाेज
|
६५ करोड ९ लाख
|
६ अर्ब ५ करोड ८१ लाख
|
९.३१
|
|
कार्तिक
|
५२ करोड ९३ लाख
|
४ अर्ब ६ करोड २५ लाख
|
७.६८
|
|
जम्मा
|
२ अर्ब ३८ करोड ८७ लाख
|
२० अर्ब ४८ करोड ३७ लाख
|
८.५८
|
स्रोत : नेपाल विद्युत प्राधिकरण ।
प्राधिकरण केन्द्रीय भुक्तानी विभागको प्रारम्भिक तथ्याङ्कअनुसार,उक्त अवधिमा विद्युत् निर्यातबाट २० अर्ब ४८ करोड ३७ लाख रुपैयाँ प्राप्त भएको छ । चार महिनाको औसत विद्युत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ५८ पैसा रहेको छ । कात्तिक महिनामा ५२ करोड ९३ लाख युनिट विद्युत् निर्यात गरी ४ अर्ब ६ करोड २५ लाख रुपैयाँ प्राप्त भएको छ । उक्त महिनाको औसत विद्युत बिक्री दर प्रतियुनिट ७ रुपैयाँ ६८ पैसा रहेको थियो ।
असोज महिनामा सबैभन्दा बढी ६५ करोड ९ लाख युनिट विद्युत निर्यात भएको छ । उक्त महिनामा ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । यस महिनाको औसत बिक्री दर प्रतियुनिट ९ रुपैयाँ ३१ पैसा रहेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले भदौ र असोज महिनामा त्रिशूली तथा कालीगण्डकी नदीमा आएको बाढीका कारण विद्युत् उत्पादन तथा प्रसारणतर्फका संरचनामा क्षति पुगेर केही आयोजनाको उत्पादन बन्द हुँदा यस वर्ष विद्युत् निर्यात प्रभावित भएको बताए ।
उनले निर्यातका लागि स्वीकृति पाएका केही आयोजनामा क्षति पुगे पनि आन्तरिक खपतपछि बचत भएको विद्युत् उल्लेख्य परिमाणमा निर्यात गर्न प्राधिकरण सफल भएको बताए ।
गत आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणले ३ अर्ब ९७ करोड युनिट विद्युत निर्यात गरी २९ अर्ब ३१ करोड रुपैयाँ प्राप्त गरेको थियो । सोही अवधिमा १ अर्ब १७ करोड युनिट विद्युत् आयात गरी १० अर्ब ५६ करोड रुपैयाँ भुक्तानी गरिएको थियो । गत आवमा विद्युत् आयातभन्दा निर्यातबाट १८ अर्ब ७५ करोड रुपैयाँ बढी आम्दानी भएको थियो । यससँगै नेपाल विगत दुई वर्षबाट विद्युतको खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनिरहेको छ ।