निर्जिवन बीमा कम्पनीमा अर्बौको क्षतिपुर्ति दावी, के डुब्लान् त बीमा कम्पनी ?

May 11, 2015 Merolagani



 

हरि गजुरेल

महाभुकम्पले ब्यापक क्षति गरेपछि  २५ करोड बरावरको चुक्ता पूजी भएको विमा कम्पनीमा एक अर्ब भन्दा बढी रकमको दावी पर्न थालेको छ ।

 निर्जिवन विमा कम्पनीमा ७ हजार भन्दा बढी  विमा दावी परिसकेको छ । हाल सञ्चालनमा  रहेका १७ निर्जिवन कम्पनीमध्ये १६ वटा  कम्पनीमा उक्त रकम वरावरको दावी परेको हो ।


 महाभुकम्पको क्षतिपूर्तिवापत दावी पर्ने क्रम जारी रहेको  विमा समितिका अध्यक्ष डा फत्त बहादुर केसीले जानकारी दिएका छन् ।  एनवी इन्सयोरेन्समा भने कुनै  दावी परेको छैन ।

पच्चीस करोड चुक्ता पूँजी र सानो विजनेश पोर्टफोलियो भएको कम्पनी भनिएको नेपाल इन्स्योरेन्समा समेत एक अर्ब भन्दा वढिको दावी परिसकेको छ । धैरै दावी पर्नेमा शिखर,एनएलजी र सगरमाथा इन्स्योरेन्स छन । शिखर र एनएलजी प्रत्येकमा एक हजार  भन्दा वढिको विमा भुत्तानीको लागि दावी परेको बताइन्छ । सगरमाथा इन्स्योरेन्समा मात्र ८ सय वढिको दावी परेको छ । हालसम्म कुनै पनि बीमा कम्पनीले दावी भुत्तानी गरेका छैनन् । १६ वटा निर्जिवन विमा कम्पनीमा हालसम्म करिव २० अर्व वरावरको  परेको छ ।


यही समयमा विमा कम्पनीहरु डुब्दैछन भन्ने हल्ला पनि चल्न थालेको छ । वीमा समितिको अध्यक्ष डा फत्तबहादुर केसी हल्ला चलेजस्तो कम्पनी नडुब्ने दावी गर्दछन ।

 

कुनै पनि अर्पाटमेन्ट ढलेका छैनन,मर्मतका लागि कस्मेटिक लस भन्दै मर्मत खर्च मात्रै विमा कम्पनीले भुक्तानी गर्ने हो । भुकम्पको जोखिमका लागि कसैले पनि विमा नगरेको र उक्त विमा अग्नी विमा अन्र्तगत हुन्छ । त्यसकारण पनि विमा कम्पनी बचेका छन –अध्यक्ष केसीको तर्क छ । 


औसत एउटा बीमा कम्पनीले एक खर्व भन्दा वढिको अग्नी विमा गरेको हुन्छ । कम्पनीमा दावी भुत्तानीको सूचना आउनेक्रम जारी रहेको र अझै सबै जानकारी आइपुग्न डेढ हप्ता समय लाग्ने विमा समिति अध्यक्ष डा केसी बताउछन । विमा कम्पनीले बीमा रकमको  २५ देखि ३० प्रतिशत र बाकी ७० प्रतिशत दावी भुत्तानी पुर्नविमा कम्पनी मार्फत  हुनेछ ।

२५ करोड चुत्ता पूजी भएको विमा कम्पनीको  कोषहरुमा  कोषमा प्रशस्तै रकम हुने हुँदा वाहिर हल्ला भए जस्तो बीमा कम्पनी नडुब्ने केसीको दावी छ । 

यहाँका बीमा कम्पनीहरुले बीमा गरिएको रकमको भार सबै आफैले ब्यहोर्न नपरोस भन्दै जोखिम ब्यवस्थापन गर्न विदेशका ठूला पुनर्बिमा कम्पनीमा बीमा गराएका हुन्छन् । त्यसले अहिले नेपालका बीमा कम्पनीहरुलाइृ ठूलो आड दिएको छ । सरदर असी प्रतिशतको हाराहारीको बीमा दावी रकम पुनर्बिमा कम्पनीहरुले तिरिदिने भएकाले नेपालका बीमा कम्पनीहरुले अहिले बोक्नुपर्ने प्रत्यक्ष भार बढीमा ३० प्रतिशत मात्र हो । त्यसमाथि ठूला अपार्टमेन्ट र केही ब्यक्तिगत घरहरुको मात्र बढी बीमा दावी हुने अबस्था देखिएको छ । साना र ब्यक्तिगत घरहरु बैंकबाट कर्जा लिंदा मात्र बीमा गर्ने चलन बढी रहेको र त्यस्ता घरहरु धेरै संख्यामा ध्वस्त नभएकाले ब्यक्तिगत घरहरुको मात्र बीमा गरेका कम्पनीहरुमा बढी मार नपर्ने आँकलन गर्न सकिन्छ । तर बिदेशी पुनर्बिमा कम्पनीमा रकम तिर्न नपरोस भन्दै पुनर्बिमा नगर्ने र नाफा बढी देखाउँन खोज्ने कम्पनीहरुलाई चाँही उठ्नै गाह्रो पर्ने छ । 

बीमा दावी संकलन हुने क्रम जारी रहेकाले अझै कति रकम बराबरको दावी पर्छ भन्ने यकिन गर्ने बेला भईसकेको छैन ।  कतिपय बीमा कम्पनीहरु यसपटकको दावी भुक्तानी गर्नुपर्दाको भारले आगामी दुई तीन बर्षसम्म लगानीकर्तालाई कुनै लाभांश दिन नसक्ने अबस्थामा पुग्ने आँकलन भने सहजै गर्न सकिन्छ ।




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।