प्राकृतिक विपत्ति र अर्थतन्त्र
आर्थिक वर्षको उत्तरार्धमा गएको महाभूकम्पले नेपाली अर्थतन्त्रमा अत्यासलाग्दो अवस्था आउने चिन्ता बढिरहेकोछ । महाभूकम्पले मानवियताका पक्षहरू त प्रताडित भए नै, समग्र अर्थतन्त्रलाई धक्का पुग्ने गम्भीर संकट देश सामु आई परेकोछ । प्राकृतिक प्रकोपहरूले जस्तोसुकै विकसित राष्ट्रलाई विपत्तिमा धकेलेको देखिन्छ । जापानको सुनामीदेखी अमेरिकाको डेरेको आँधि अर्थतन्त्रलाई चुनौति बनेका थिए । विकसित अर्थतन्त्रको संवाहक विकसित पुर्वाधार र भौतिक संरचना हुने गर्दछन् भने प्राकृतिक प्रकोपको पहिलो प्रहार पनि तिनै भौतिक संरचना र पुर्वाधार हुने गर्दछन् । प्रत्यक्ष रुपमा भूकम्प र प्राकृतिक प्रकोपले अर्थतन्त्रलाई सिथिल पार्ने काम गरिरहेको हुन्छ ।
राष्ट्रिय उत्पादनलाई असर पुग्ने गरी आएका प्राकृतिक विपत्तिमा कयौं राष्ट्रको व्यापार व्यवसाय, पर्यटन, उत्पादन जस्ता क्षेत्रहरू प्रभावित भएका छन् । सन् २०११ मा जापानमा आएको सुनामीले समग्र अर्थतन्त्रलाई धक्का पु¥याएको थियो । कुल विद्युत उत्पादनको दश प्रतिशत विद्युत उत्पादन क्षमता नष्ट भएको थियो भने वित्तिय अवस्थामा झण्डै दुई सय विलियन डलरको घाटा बेहोर्नु परेको थियो । त्यसले कुल राष्ट्रिय उत्पादन र आर्थिक बुद्धिलाई समेत आघात पुगेको थियो । अझ उक्त विपत्तिले सम्पुर्ण विश्वअर्थतन्त्रको आर्थिक बृद्धिमा समेत असर गरेको अध्ययनहरू सार्वजनिक भएका थिए । राष्ट्रिय अर्थतन्त्रको आधारशीलाहरू जस्तै शिक्षा, स्वास्थ्य, वित्तिय क्षेत्र, विमा, जलविद्युत, उत्पादन, शेयर बजार, पर्यटन, व्यापार जस्ता अर्थव्यवस्थाका क्षेत्रहरूमा प्राकृतिक विपत्तिले नोक्सान प¥याउने हुन्छ । हालै गएको भुकम्पले पनि नेपाली अर्थतन्त्रका यिनै खम्बाहरूलाई प्रत्यक्ष असर पु¥याएको देखिन्छ ।
शेयर बजारमा भूकम्पको असर ः अन्तर्राष्ट्रिय अनुभव
नेपालको महाभूकम्प पछि आम लगानीकर्ताहरूमा शेयर बजारमा कस्तो उतार चढाव देखिएला भन्ने अन्योल र चिन्ता मडारिएको छ । भूकम्प पछि बजार एकदमै तल झर्ने र झण्डै तहस नहस नै हुने हल्ला पनि एकातिर सुनिएका छन् भने भूकम्पको प्रत्यक्ष प्रभाव शेयर वजारमा देखिदैन र यसको कुनै असर पर्दैन भन्ने अनुमान पनि सुनिएका छन् । शेयर बजार गतिशील अर्थतन्त्रको ऐना भएकोले अर्थतन्त्रको कुनै पनि क्षेत्रको असरलाई यो बजारले प्रतिविम्बित गर्दछ ।
विभिन्न देशमा भएका अध्ययन अनुसार भूकम्पले शेयर बजारमा क्षणिक गतिशीलता उत्पन्न गरेपनि त्यसले दिर्घकालमा खासै असर गरेको पाइदैन । भूकम्पको विपत्तिमा बारम्बार परिरहने राष्ट्र जापानमा भूकम्प र शेयर बजारमा धेरै अध्ययन भएका छन् । जापानमा विभिन्न समयमा गएको भूकम्प पश्चातको शेयर मूल्यको अध्ययन गरेका लीङ वाङले शेयर बजारमा प्राकृतिक प्रकोपको दिर्घकालीन असर तटस्थ हुने निष्कर्श निकालेका छन् । सन् १९९५ को जापानको भूकम्पपछि विमा कम्पनीमा ऐतिहासिक रुपमै सबैभन्दा बढी दावी परेका थिए । त्यस बेला विमा कम्पनिले नराम्रो घाटा बेहोर्दै सम्पूर्ण शेयर बजारलाई नै असर पारेको थियो । त्यसैगरी सन् १९८९ को क्यालिफोर्नियाको भूूकम्पले पनि शेयर बजारमा विमा कम्पनिले सबैभन्दा बढि नोक्सानी बेहोर्नु परेको थियो । विभिन्न राष्ट्रको अर्थतन्त्रका आधारमा भूकम्पको असर शेयर बजारमा विविध हिसावले देखिएका छन् । १९७१ देखि २०११ सम्मको विभिन्न देशका भुकम्पको अध्ययनमा बर्ट स्कोल्टेनले भूकम्ंप तथा प्राकृतिक प्रकोपले समग्र शेयर बजार र समग्र वित्तिय क्षेत्रमा नकारात्मक असर पर्ने निष्कर्श निकालेका छन् । यसको विपरित सन् १९८० देखी २००३ सम्म गएका भूकम्पको अध्ययन गर्दै वर्थिङटनले सन् २००८ मा भूकम्पले अष्ट्रेलियाको शेयर बजारमा खासै ठूलो असर नपारेको निश्कर्ष निकालेका थिए । यसरी भूकम्प पश्चात शेयर बजारमा पर्ने असरबारे मिश्रित प्रतिक्रियाहरू पाईने गरेका छन् । । तर नेपालको शेयर बजारले महाभूकम्पप्रपछि कस्तो प्रतिक्रिया जनाउने हो यो धेरैको चासोको बिषय बनेको छ ।
महाभूकम्प २०७२ र नेपालको शेयर बजार
बैशाख १२ गते गएको भूकम्पले नेपालको एउटै शेयर बजार नेप्सेले अझैसम्म कारोवार सुरु गर्न सकेको छैन । तर लगानीकर्ताहरू भने अन्योलमा देखिएका छन् । नेपालको शेयर बजारमा मुख्यतया बैङ्क तथा वित्तिय संस्था, विमा, टेलिकम, जलविद्युत तथा उत्पादन क्षेत्रका धितोपत्रको कारोवार हुने गरेको छ । त्यसमा पनि सङ्ख्याको आधारमा बैङ्ख तथा वित्तिय संस्थाको शेयरको प्रभुत्व छ भने मूल्यको आधारमा विमा कम्पनिको प्रभुत्व छ । नेपालको शेयर बजारले गत आर्थिक वर्ष मात्रै घट्दो क्रमलाई तोड्दै पाँच वर्ष पछि नयाँ रेकर्ड बनाएको थियो । नेप्सेको बढ्दो क्रम रोकिई विगत सात आठ महिना देखि नेप्सेले एउटा बाटो तय गरिसकेको थिएन बरु राजनीतिक तथा अन्य विविध कारणले अनिर्णित अवस्थामा बसेको थियो । यहीबीच आएको भूकम्पले शेयर बजारमा क्षेत्रगत आधारमा मिश्रित असर देखाउने अनुमान गर्न सकिन्छ ।
विमा क्षेत्र
भूकम्पको सबैभन्दा बढी र प्रत्यक्ष असर विमा क्षेत्रमा पर्ने देखिन्छ । ध्वशं भएका संरचनाको क्षतिपूर्तिका लागि हजारौ निवेदनहरुको चाङ विमा कम्पनिमा थुप्रिने क्रम जारी छ । त्यसले विमा कम्पनीको वित्तिय सतुंलनमा असर गर्ने र त्यसले शेयर मूल्यलाई नकारात्मक दिशा दिने अनुमान गर्न सकिन्छ । अहिले जीवन विमा तथा निर्जीवन विमा कम्पनीको शेयर मूल्य ती कम्पनिको नेटवर्थ भन्दा बढी रहेको अवस्थामा केही दिनदेखि केही हप्तासम्म विमा कम्पनीको मूल्य घट्नसक्ने अनुमान गर्न सकिन्छ । आर्थिक वर्षको अन्त्यमा चौथो बित्तीय प्रतिवेदनमा समेत यसको असर देखिने हुदाँ विमा कम्पनीको शेयर मूल्य अन्य कम्पनिको तुलनामा कम हुने सहजै विश्लेषण गर्न सकिन्छ । अन्य मुलुकमा समेत भूकम्पले विमा क्षेत्रमा असर गरी शेयर बजारलाई असर गरेका थुप्रै उदाहरण छन् ।
वित्तीय क्षेत्र
महाभूकम्पंले बैङ्ग तथा वित्तिय क्षेत्रलाई असर गर्ने अनुमान गर्ने आधारहरू छन् । विभिन्न बैङ्गहरुको लगानी र ऋण प्रवाहको ठूलो क्षेत्र घर जग्गा व्यवसाय हो । ठूला अपार्टमेण्ट र मलहरुमा बैङ्गको ठूलो हिस्सा लगानी भएको छ । त्यसै गरी जलविद्युतको क्षेत्रमा पनि बैङ्गको ऋण प्रवाह भएको देखिन्छ । बैङ्गसँग प्रत्यक्ष सम्बन्ध राख्ने यी व्यवसायमा भूकम्पंले प्रत्यक्ष असर गरेको दखिन्छ । उपत्यकाका अधिकाशं अपार्टमेण्टहरु चर्केका छन् । विक्रि नभएका फ्ल्याटहरु अव विक्रि हुने अवस्थामा छैनन् । त्यसले बैङ्गको ऋणभारलाई अप्राप्य ऋणमा बदल्ने हो भने बैङ्ग नाफामा असर पार्ने दखिन्छ । यसरी महाभूकम्पंले बैङ्गको नाफा नोक्सानको स्थितिलाइ असर गर्नाले शेयर वजारमा यसको नकारात्मक असर देखिन सक्छ । तर बैङ्गिङ क्षेत्रमा बैङ्कको नाफा, प्रति शेयर आम्दानी जस्ता अन्य आधारभूत पक्षले समेत असर गर्ने भएकोले लामो समय सम्म मूल्य घटिरहेने कुरालाई स्वीकार गर्न सकिदैन । त्यसकारण बैङ्गिङ क्षेत्रमा लगानीकर्ताले तत्काल शेयर विक्रि गर्ने भन्दा पनि केहि समय पर्खिदा उपयुक्त हुन सक्छ ।
जलविद्युत क्षेत्र
रसुवा, सिन्धुपाल्चोक, दोलखा लगायत भुकम्पं प्रभावित जिल्लाको सबै जसो जलविद्युत आयोजना बन्द भएको छन् भने अधिकाशं आयोजनामा भौतिक क्षति समेत भएको छ । यसले गर्दा जलविद्युत क्षेत्रको शेयर सुचक नकारात्मक हुनसक्छ । सिन्धुपाल्चोकका लगभग सबै जसो आयोजना बन्द रहेका छन् । यदि तिनको उत्पादन क्षमता दिर्घकालका लागि प्रभावित हुने हो भने ती आयोजना को बजारमूल्य तल झर्ने सम्भावना छ । तर समयमै ति आयोजनाको उत्पादन सुरु हुने हो भने केहि समयको लागि मूल्य तल झरे पनि अन्तरालमा ती जलविद्युत आयोजनको मूल्य तिनको आधारभूत मूल्य अनुसारनै समायोजन हुने दखिन्छ ।
उत्पादन तथा वाणिज्य क्षेत्र
उत्पादन तथा वाणिज्य क्षेत्रमा भूकम्पंको प्रत्यक्ष असर नपर्ने देखिन्छ किनभने उपभोग्य सामाग्रीको प्रयोगले यी कम्पनीमा असाधारण क्षति हुदैन । वस्तु तथा सेवाको माग भुकम्प पश्चात पनि कम नहुने हँदा यी कम्पनीको मूल्य सुचकको असर समग्र शेयर बजारमा तटस्थ नै हुने देखिन्छ । उत्पादन क्षेत्रको शेयरको सङ्ख्यात्मक प्रभुत्व पनि नेप्से नभएकोले यो क्षेत्रको शेयर सुचकमा खासै असर नदेखिने अनुमान गर्न सकिन्छ ।
सञ्चार तथा अन्य
टेलिकमको शेयरमूल्यमा हुने उतार चढावले सम्पूर्ण नेप्सेमा असतुंलन पैदा गर्ने गर्दछ किनभने टेलिकमको सङ्ख्यात्मक प्रभुत्व शेयर बजारमा सदैव कायम रहिआएकोछ । तर भूकम्पले नेपालको सञ्चार जगतमा भौतिक रुपले पनि खास क्षति नपारेको कारणले सञ्चार तथा अन्य क्षेत्रको शेयर मूल्यमा पनि खासै नकारात्मक असर देखिनेछैन ।
सम्भावित असर
भूकम्पको सम्भावित असरलाई अल्पाकालिन र दीर्घकालिन असरको रुपमा व्याख्या गर्न सकिन्छ ।
अल्पकालीन असरः
ठूला प्राकृतिक विपत्ति र भूकम्प पछि शेयर बजारमा छोटो समयको लागि नकारात्मक असर देखिन सक्छ । तर अहिले जनजीवन सामान्य अवस्था तिरै फर्कन सुरु भैसकेको छ । जापानको अनुभवका आधारमा भूकम्पका केही दिनहरुमा बजार ओरालो लाग्ने गर्दछ । तर नेपालमा शेयर बजार भूकम्पताका बन्द भएकोले जनजीवन सामान्य अवस्थामा फर्किने क्रम सुरु भैसकेकोले केही हद सम्म तल झरे पनि त्यो क्रम लामो समयसम्म नरहिरहन सक्छ । तर पनि महाभूकम्पले लगानीकर्ताको मनोबलमा केही हदसम्म प्रभाव पारेकोले केही दिन तथा केहि हप्ता शेयर बजारले नकारात्मक दिशा तय गर्न सक्छ । भ्mण्डै एक वर्षदेखी बुलिस अर्थात बढ्ने क्रम समात्न नसकेको नेप्सेले विगतका महिना देखि वियरिस अर्थात घटदो क्रमलाई निरन्तरता दिएको थियो । झण्डै पाँच वर्षे चक्र पुरा गर्दै नेप्सेले घट्दो क्रमलाई निरन्तरता दिएको कारणले यस्तो अवस्थामा सकारात्मक सुचना भन्दा नकारात्मक सुचना बढी असरदार सावित हुन जान्छ र बजार घट्न सुरु हुन्छ । तसर्थ पनि नेप्सेले अल्पकालमा घट्दो क्रमलाई समात्ने आङ्गलन गर्न सकिन्छ । विमा तथा बैङ्गको शेयर मूल्य बढी घट्न जाने र ती दुवै क्षेत्रको सङ्ख्यात्मक तथा मूल्यात्मक प्रभाव बढी हुन गई सम्पूर्ण नेप्सेलाई असर गर्ने हो भने शेयर बजार अल्पकालको लागि एउटा नयाँ टेवाको रुपमा प्रस्तुत नहोला भन्न सकिन्न ।
दिर्घकालीन असर
भूकम्पको असर शेयर बजारमा लामो समयसम्म टिकीरहन सक्छ भन्ने हुदैन । विभिन्न तत्वहरुले शेयर बजारलाई एउटा दिशा निर्दिष्ट गर्ने गर्दछन् । राजनीतिक गतिरोध अन्त्य हुने हो भने त्यसले भुकम्पको असरलाई तटस्थ गर्न सक्छ । दिर्घकालमा मूल्य समायोजन माग र आपुर्तिका आधारमा हुने हुँदा शेयर वजारसँग सम्बन्धित अन्य घटनाले समेत यो बजारलाई असर पार्न सक्ने भएकोले लामो समय यो चक्र अस्थिर नहुन सक्छ । राजनैतिक अस्थीरताले एउटा बाटो लिन,े सविंधान निमार्णको बाटो सहज हुने हो भने लगानीकर्तामा नयाँ उत्साह थपिन सक्छ । नेपालमा विकासको नयाँ अध्याय यसै भूकम्पबाट सुुरु हुने सम्भावना पनि नभएका होईनन् । त्यसकारणले लामो समयसम्म निराशाको असर बजारमा थुप्रिन सक्दैन ।
उत्पादन र उपभोगको नयाँ चक्रसँगै शेयर बजारले आफ्नो बाटो तय गर्न सक्छ । फेरि नेपालमा लगानी बढाउन सकिने अरु क्षेत्र पनि नभएकाले शेयर बजारबाट झिकिएको रकम परिचालन हुन सक्दैन । भुकम्पले सबैभन्दा बढी असर गरेको घरजग्गामा फेरि लगानीकर्ताहरुले पैसा खन्याउलान र काठमाडौ लगायतका स्थानमा अग्ला भवनहरु डठ्याउने प्रतिस्पर्धा चल्ला भनेर तत्काल सोच्न पनि सकिन्न । अर्को कुरा शेयर बजारमा एउटा मात्रै घटना र सुचनाको दवदवा कायम रहन सक्दैन । कम्पनी तथा शेयर बजारसँग सम्बन्धित अरु घटना तथा सुचनाले त्यो कम्पनीको शेयर मूल्य प्रभावित हुने गर्दछ । नयाँ बजेटसँगै आउने बजार मैत्रि नीतिले समेत शेयर बजारको मार्ग निर्दिश्ट गर्दछ । त्यसकारण दीर्घकालमा शेयर मूल्य आफ्नै आधारमा तय हुने हुदाँ, लगानीकर्ताले अल्पकाल भन्दा दीर्घकालको सोच राखी बजारमा लगानी गर्दा बेश हुने देखिन्छ ।
जोखिम व्यवस्थापनका उपायहरु
शेयर बजारको लगानी महाभूकम्पं जस्ता प्राकृतिक प्रकोपको अवस्थामा बढी जोखिमयुक्त हुने गर्दछन् । यस्तो बेलामा लगानीकर्ताले संयम अपनाउनु पर्ने जरुरी देखिन्छ । पर्ख र हेर को नीतिअनुसार लगानीकर्ता आफ्नो जोखिमको व्यवभारलाई कम गर्दै लैजानु बेस हुन्छ । जोखिमलाई विविधीकरण गर्न सके अल्पकालको मूल्य असन्तुलनलाई समायोजन गर्न सकिन्छ । एउटै क्षेत्रको शेयरमा लगानी गर्नु भन्दा, विविध क्षेत्रका शेयरहरूमा लगानी संयोजन गर्न सके त्यसले जोखिमलाई व्यवस्थापन गर्न सकिन्छ । त्यसै गरी अत्तालिएर शेयर बिक्रि गर्नु भन्दा केहि समय पर्खदाँ शेयर बजारले आफ्नो स्वाभाविक गति समालिसकेपछि मात्रै एउटा निर्णय लिनु हितकारी हुन जान्छ । यस्तो अवस्थामा छोटो समयको सौदाबाजी भन्दा आधारभूत विश्लेषणको आधारमा शेयर किनबेच गर्नु हितकारी हुन जान्छ । लगानीकर्ताले संयमित भई आफ्नो लगानीको उद्देश्यको आधारमा शेयर बजारमा लगानी गर्नु बुद्धिमत्ता हुन जान्छ । शेयर बजारमा बिक्रिचाप बढ्न जाँदा आपुर्तिका कारण मूल्य तल झर्ने सम्भावना भएकोले केही समय पर्खेर शेयर बजारको स्वभाविक गतिमा मात्रै लगानीको निर्णय गर्नु उचित हुन जान्छ । त्यसैगरी बजारको हल्लाको आधारमा साना लगानीकर्ताले बेलावखत बजारमा अनावश्यक घाटा बेहोर्नु पर्ने हुन सक्छ । त्यसबाट बच्न सुचनाको सत्य तथ्य पत्ता लगाएर मात्रै लगानी गर्नु बेश हुन्छ । कम्पनिको आधारभूत वित्तिय अवस्थालाई अध्ययन गरेर राम्रो वित्तिय अवस्था भएका कम्पनिको लगानी सुरक्षित गर्ने र जोखिम युक्त कम्पनिको शेयर बिक्रि गरी आफ्नो लगानी सुरक्षित गर्नु नै अहिलेको संकटको अवस्थाको समाधान हुन सक्छ ।
(भट्टराई भारतको बैंङग्लोरस्थित रेवा विश्वविद्यालयमा वित्तीय व्यवस्थापन तथा बैंकिङ क्षेत्रको सस्थागत सुशासन विषयमा विद्यावारिधी गरिरहेका छन ।)