माघ १ गतेबाट सबै कम्पनीको डिम्याट सेयर कारोबार अनिवार्य, लगानीकर्ताले मार्केट डेफ्थ हेर्न पाउने

Dec 06, 2015 Parmeshwor Adhikari



परमेश्वर अधिकारी
नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत सबै कम्प्नीकहरुको आगामी माघ १ गतेबाट अभौतिक (डिम्याट) शेयर मात्र किन बेच हुने भएको छ । सिडीएससी, नेप्सेले सबै का मगर्न सक्ने अवस्था देखिएको भन्दै नेपाल धितोपत्र बोर्ड (सेबन)ले सबै कम्पनीको अभौतिक (डिम्याट) शेयर मात्र कारोबार गराउन निर्देशन दिएको हो । आइतबार जावलाखेलस्थित कार्यालयमा पत्रकार सम्मेलनको आयोनाा गरि सेबनले माघ १ गतेबाट डिम्याट बाहेकका सबै शेयरको कारोबार स्थगित गरिने जनाएको हो ।

बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले पत्रकार सम्मेलनमा भने – दक्षिण एशियामै नेपालको धितोपत्र बजार कमजोर अवस्थामा रहेकाले पुर्वाधार तयारीका काम पुरा गरेर हामीले यो निर्णय गरेका हौं ।’

यसअघि स्टक एक्सचेन्जले दिएको निर्देशनका आधारमा कम्पनीको डिम्याट कारोबार हुँदै आएको थियो । नेप्सेमा सूचीकृत ४ सय ३ कम्पनीमध्ये अहिले १ सय २० वटा कम्पनीको मात्रै डिम्याट शेयर कारोबार भइरहेको छ । अहिले नेपाल बैंक बाहेक सबै वाणिज्य बैंक तथा केही बीमा कम्पनी, विकास बैंक, वित्त कम्पनीको सेयर डिम्याट कारोबार भइरहेको छ ।

‘शेयर कारोबार प्रणालीलाई अटोमेशनमा लैजानका लागि शेयर नामसारी, किनबेच र राफसाफ जस्ता सबै काम अटोमेटेड बनाउन हामीले नेप्से, सीडिएससी लगायतका सरोकारवाला सबै पक्षलाई निर्देशन दिएका छौं । कागजी प्रमाणपत्रका आधारमा शेयर कारोबार गर्ने दिन अब गए’ अध्यक्ष कार्कीले भने ।

डिम्याट कारोबार सुरु भएपछि सबै कारोबार विद्युतीय माध्यमबाट हुने भएकाले प्रक्रिया पनि छिटो र सरल हुनेछ ।

सीडिएसका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले शेयर डिम्याष्ट गराउने सबै पुर्वाधार अहिले बिस्तार भैसकेकाले माघ १ गतेबाट डिम्याट शेयरको किनबेच सामान्य बन्ने बताए ।

‘हामीलाई प्राप्त जानकारी अनुसार सफ्टवेयर, जनशक्ति लगायत कारणले शेयर डिम्याटमा ढिलाई भैरहेको भनिए पनि म त्यसको खण्डन गर्छु । लगानीकर्ताको सिग्नेचर भेरिफिकेशनका कारणले केही हदसम्म डिम्याटको काम ढिला भए पनि अहिले ८० प्रतिशत बढी शेयर डिम्याट भैसकेका छन् । अब पुर्वाधार बढाइएका कारण त्यसले अझै तिब्रता पाउँछ’ गुप्ताले भने ।

धितोपत्र बोर्डले लगानीकर्ताको पहँचमा मार्केट डेफ्थ पुर्याउन पनि नेप्से लगायत सबै पक्षलाई निर्देशन दिएको छ । नेप्सेले तयारी पुरा गरेपछि यस्तो निर्णय गरिएको बोर्ड अध्यक्ष कार्कीले बताए ।

नेप्सेका निमित्त महाप्रबन्धक सिताराम थपलियाका अनुसार ३ सातासम्म परिक्षण गरे पछि नेप्सेले आफ्नो वेवसाइट मार्फत लगानीकर्ताले हेर्न सक्ने गरि मार्केट डेफ्थको विण्डो थपिने बताए ।

‘हामीले बोर्डलाई यस सम्बन्धमा २ वर्ष पहिलेदेखि घचघच्याइरहेका थियौं । अब निर्देशन आएको छ । हामी परिक्षण गरेर मार्केट डेफ्थ हाम्रै साइटमा राख्छौं, जसले लगानीकर्तालाई बेच्न चाहेको तथा खरिद गर्न चाहेको शेयरका सम्बन्धमा सहजै जानकारी हुनेछ’ थपलियाले भने । यस अघि दलाल कम्पनीहरुले मात्र मार्केट डेफ्थ हेर्न सक्ने व्यवस्था थियो ।

....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।