सेञ्चुरी कमर्शियल बैंकले गत वर्षको हकप्रद र बोनस पछि फेरी दिने भयो ३० प्रतिशत हकप्रद

Jan 14, 2016 Mero Lagani



गत आर्थिक वर्षमा २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेर १ महिना अघि मात्र उक्त हकप्रद निष्काशन गरेको सेञ्चुरी कमर्शियल बैंक (CCBL) ले फेरी ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । चुक्ता पूँजी ४ गुणाले वृद्धि गर्ने राष्ट्र बैंकको योजना अनुरुप बैंकले २५ प्रतिशत हकप्रद, ९ प्रतिशत बोनस बितरण गरे पछि बन्ने चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।

बुधबार बसेको बैंक सञ्चालक समितिको १ सय ८४ औं बैठकले हकप्रद र बोनस बितरण गरे पछि बन्ने पूँजीको ३० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो । बैठकले हकप्रद शेयर निष्काशन तथा बोनस शेयर पारित गर्नका लागि माघ २२ गतेका लागि साधारण सभा आह्वान गरेको छ । साधारण सभा प्रायोजनका लागि बैंकले माघ ८ गतेदेखि २२ गतेसम्म शेयरधनी पुस्तिका बन्द हुने जनाएको छ ।

गत आर्थिक वर्षमा बैंकले २ अर्ब १२ करोड रुपैंया चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो । गत असोज २० गते बुक क्लोज गरी बैंकले उक्त मिति पहिलेका शेयरधनीलाई २५ प्रतिशत अर्थात ५३ लाख कित्ता हकप्रद पुस १० गतेसम्म निष्काशन गरेको थियो ।

त्यसै क्रममा उसले चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर पनि बितरण गर्ने निर्णय गरिसकेको छ । गत आर्थिक वर्षको हकप्रद र बोनस बितरण पश्चात हुने चुक्ता पूँजी २ अर्ब ८४ करोड रुपैंयाको ३० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।

अहिले प्रस्ताव गरिएको हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी ३ अर्ब ७० करोड रुपैंया पुग्ने छ । गत आर्थिक वर्षमा २५ करोड ७९ लाख रुपैंया खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड ४२ लाख रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षमा १२ रुपैंया १७ पैसा प्रतिशेयर आम्दानी रहेको बैंकले चालु आर्थिक वर्षमा त्यसलाई वृद्धि गरि १४ रुपैंया कायम गराएको छ ।

...................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।