स्टाण्डर्ड चार्टर्ड बैंकको नाफामा यस्तो आयो गिरावट

Feb 14, 2016 Mero Lagani



स्टाण्डर्ड चार्टर्ड बैंक (SCB) ले गत वर्षको पुस मसान्तको तुलनामा बैंकको नाफा ३ करोड रुपैयाँले घटेको छ । बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ६४ करोड ४६ लाख रुपैयाँ खुद नाफा गरेकोमा यस पटक ६१ करोड ३० लाख रुपैया मात्र खुद नाफा गरेको हो ।

६ महिनामा ८५ करोड ४३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत वर्षको सोही अवधिमा ९३ करोड ४८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

व्याज आम्दानीमा आएको भारी गिरावटले नै बैंकको खुद नाफालाई पनि प्रभावित बनाएको हो । यस क्रममा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५७ अर्ब ८८ करोड रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब १० करोड रुपैंया कर्जा प्रवाह गरेको छ ।

समिक्षा अवधिमा बैंकको निष्कृय कर्जा अनुपात शुल्य दशमलव ४१ प्रतिशत कायम भएको छ । बैंकको प्रति शेयर आम्दानी ५४ रुपैया ४५ पैसा रहेको छ भने बजारमा बैंकको प्रतिकित्ता शेयर २ हजार ७ सय रुपैयाको हाराहारीमा किनबेच भैरहेको छ ।

...................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

..................................................................................................................................................................

 कहिले हुन्छ नेपाल उर्जामा आत्मनिर्भर ? लगानीमा सरोकारवालाको जोड




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।