स्टाण्डर्ड चार्टर्ड बैंकको नाफामा यस्तो आयो गिरावट

Feb 14, 2016 Mero Lagani



स्टाण्डर्ड चार्टर्ड बैंक (SCB) ले गत वर्षको पुस मसान्तको तुलनामा बैंकको नाफा ३ करोड रुपैयाँले घटेको छ । बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ६४ करोड ४६ लाख रुपैयाँ खुद नाफा गरेकोमा यस पटक ६१ करोड ३० लाख रुपैया मात्र खुद नाफा गरेको हो ।

६ महिनामा ८५ करोड ४३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत वर्षको सोही अवधिमा ९३ करोड ४८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

व्याज आम्दानीमा आएको भारी गिरावटले नै बैंकको खुद नाफालाई पनि प्रभावित बनाएको हो । यस क्रममा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५७ अर्ब ८८ करोड रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब १० करोड रुपैंया कर्जा प्रवाह गरेको छ ।

समिक्षा अवधिमा बैंकको निष्कृय कर्जा अनुपात शुल्य दशमलव ४१ प्रतिशत कायम भएको छ । बैंकको प्रति शेयर आम्दानी ५४ रुपैया ४५ पैसा रहेको छ भने बजारमा बैंकको प्रतिकित्ता शेयर २ हजार ७ सय रुपैयाको हाराहारीमा किनबेच भैरहेको छ ।

...................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

..................................................................................................................................................................

 कहिले हुन्छ नेपाल उर्जामा आत्मनिर्भर ? लगानीमा सरोकारवालाको जोड




मैले आफूलाई ‘जोइटिंग्रे’ घोषणा गरेको छु: अध्यक्ष ओली

Feb 23, 2026 11:13 AM

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘जोइटिंग्रे’ घोषणा गरेका छन् । श्रीमती राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूतिहरू’ को नवौँ संस्करण विमोचन तथा आफ्नो ३८ औँ वैवाहिक वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।