युनाईटेड इन्स्यारेन्सको अध्यक्षमा उदय कृष्ण उपाध्याय

Jan 16, 2018 Merolagani



युनाईटेड इन्स्यारेन्स कम्पनी नेपाल (UIC) को अध्यक्षमा उदय कृष्ण उपाध्याय चयन भएका छन् । कम्पनीको पुस ३० गते सम्पन्न सञ्चालक समितिको बैठकले उपाध्यायलाई सञ्चालक समितिको अध्यक्षमा  चयन गरेको हो ।

 

कम्पनीको पुस २६ गते सम्पन्न साधारण सभाले संस्थापक समूहबाट उदय कृष्ण उपाध्याय, रविन्द्र सागर तुलाधर, महेशराज पन्त र रमेश शेखर बज्राचार्य तथा साधारण सेयरधनीको तर्फबाट निरज तुलाधर,विलासमान रञ्जित चयन भएका थिए ।

युनाईटेड इन्स्यारेन्स कम्पनीमा शेखर बराल प्रमुख कार्यकारी अधिकृत रहेका छन् । राष्ट्र बैंकले कुनैपनि कम्पनीको अध्यक्ष तथा सञ्चालकको पदावधि दुई कार्यकालसम्म मात्र बस्न पाउने व्यवस्था गरेको छ ।

......{१५ निर्जीवन बीमा कम्पनीहरुमा कुन कस्तो ? हेर्नुहोस् तुलनात्मक अध्ययन}.....

........{१० प्रतिशतले किन बढ्यो युनाइटेड इन्स्योरेन्सको सेयर मूल्य ? चौधरी ग्रुप सर्वोच्च जाँदै}....




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।