यो योजना अर्न्तगत कुनैपनि बजाजका बाइकहरु खरिदमा सहभागि हुने हरेक ग्राहकले कुनैपनि बजाजका बाइकहरु खरिदमा ७ हजार पाँच सय रुपैयाँ स्योर सट अफर अन्तर्गत छुट पाउनेछन् । साथै हरेक दिन हुने लक्की ड्र बाट भाग्यशाली ग्राहकले ७५ हजार रुपैयाँ हरेक दिन जित्न सक्नेछन् ।

योजना शुभारम्भ गर्दै कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले नयाँ वर्षको उपहार योजनामा नयाँ युगलाई स्वागत गर्ने उद्देश्य र नयाँ नेपाल बनाउन युवाहरुको योगदानको उतिकै महत्व छ भन्ने सन्देश दिन खोजीएको बताए ।
कम्पनीले नयाँ बर्ष नेपाली नागरिकको लागि निकै महत्वपूर्ण हुने जनाउँदै ‘बजाज युगारम्भ’ योजनाले देशको विकासप्रति युवाहरुलाई जागरित गराउने र अग्रसर हुन प्रेरित गर्ने जनाएको छ । यसले नयाँ कामको सुरुवात गर्दै नयाँ नेपाल निर्माणमा सहयोगी बन्न सक्ने कम्पनीको विश्वास छ ।
बजाज नेपालमा सबैभन्दा अधिक बिक्री हुने र अधिक विश्वास गरिएको मोटरसाइकल हो ।