Tue, May 05, 2026
यातायात व्यवसायीको नाम लिने बितिक्कै जोडिर आउने अर्काे नाम हो,सरोज सिटौला । सदाबाहर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यसमितिमा रहने सिटौलाले सरकारले गरेका सिन्डिकेट बिरोधी निर्णयको खुलेरै सञ्चार माध्यममा बिरोध गरेका थिए ।
आज पनि आफूहरूको आन्दोलन सफल भएको पत्रकारहरूलाई बताउन सिटौला रिपोर्टस क्लब आउँदै थिए तर उनी प्रहरीको फन्दामा परे । सादा पोशाकका प्रहरीले हिरासतमा लिएका सिटौलाले आफू पक्राउ परेको जानकारी फेसबुक मार्फत नै दिए । उनी अहिले महानगरिय प्रहरी परिसर टेकुमा छन् । त्यस्तै सिटौलासँगै राष्ट्रिय यातायात व्यवसायी महासंघा केन्द्रीय उपाध्यक्ष कृष्ण सुवेदी पनि पक्राउ परेका छन् । प्रहरीले उपाध्यक्ष सुवेदीलाई धरानबाट पक्राउ गरेको हो । सरकारी निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीलाई तत्काल पक्राउ गर्न गृहमन्त्रीको निर्देशनलगत्तै धमाधम यातायात व्यवसायीहरु पक्राउ परिरहेका छन् ।
आज पनि आफूहरूको आन्दोलन सफल भएको पत्रकारहरूलाई बताउन सिटौला रिपोर्टस क्लब आउँदै थिए तर उनी प्रहरीको फन्दामा परे । सादा पोशाकका प्रहरीले हिरासतमा लिएका सिटौलाले आफू पक्राउ परेको जानकारी फेसबुक मार्फत नै दिए ।
उनी अहिले महानगरिय प्रहरी परिसर टेकुमा छन् ।
त्यस्तै सिटौलासँगै राष्ट्रिय यातायात व्यवसायी महासंघा केन्द्रीय उपाध्यक्ष कृष्ण सुवेदी पनि पक्राउ परेका छन् । प्रहरीले उपाध्यक्ष सुवेदीलाई धरानबाट पक्राउ गरेको हो ।
सरकारी निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीलाई तत्काल पक्राउ गर्न गृहमन्त्रीको निर्देशनलगत्तै धमाधम यातायात व्यवसायीहरु पक्राउ परिरहेका छन् ।
सरकारले राष्ट्रपतिबाट फिर्ता आएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फेरि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।