सिन्डिकेटधारी व्यवसायीको बैंक खाता रोक्का, सम्पत्ति छानबिन गर्ने सरकारको निर्णय

May 04, 2018 merolagani



सिन्डिकेटधारी यातायात व्यवसायीको आन्दोलनका कारण जनजीवन प्रभावित भए पछि शुक्रबार गृहमन्त्रालयमा बसेको आपत्कालिन बैठकले सरकार सिन्डिकेट मासेर छाड्ने अभियानमा लागेको प्रष्ट भएको छ ।


   गृहमन्त्रीले सिन्डिकेटधारी व्यवसायीलाई तत्काल पक्राउ गर्न निर्देशन दिएर सुरू भएको दुई मन्त्री र गर्भनरको बैठकले यातायात समितिहरुको बैंक खाता रोक्का गर्ने देखि सम्पती शुद्धिकरणको मुद्धा चलाउनेसम्मको निर्णय गरेको छ ।
गृहमन्त्री रामबहादुर थापा,भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ,गर्भनर डा.चिरञ्जीवी नेपाल लगायतको बैठकले उक्त निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

उनीहरूको बैंक खाता रोक्काका लागि यातायात व्यवस्था विभागले समितिहरुको सबै विवरण अर्थ मन्त्रालयलाई पठाउने बैठकमा सहमति भएको छ ।

बैठकले सबै यातायात व्यवसायीहरुको सम्पत्ति छानबिनका लागि सम्पती शुद्धिकरण अनुसन्धान विभागलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ । हासम्म देशैभर गरी एक सय भन्दा धेरै यातायात व्यवसायी पक्राउ परिसकेका छन् ।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।