सातापछि नेप्सेमा फर्कियो चमक, तर बढेन कारोबार

Aug 13, 2018 Merolagani



सेयर बजार परिसूचक नेप्से एक सातापछि सकरात्मक बनेको छ । निरन्तर सात कारोबार दिनमा २९.९३ अंकले घटेको बजार परिसूचक सोमबार दोहोरो अंक अर्थात १०.४३ अंकले सुधारिएको छ।यसअघि साउन १६ गते बुधबार २.४ अंकले नेप्से बढे यता पछिल्लाे काराेबार दिनमा बजार बढ्न सकेको थिएन ।  

१२२ कम्पनीको सेयरमूल्य बढ्यो

सोमबार १५७ कम्पनी कारोबारमा आएकोमा ३५ कम्पनीको मात्र सेयरमूल्य घटेको छ। बाँकी १०२ कम्पनीको सेयरमूल्य बढ्यो बढेकाे छ भने अन्यको स्थिर रह्यो् ।

कारोबारमा आएका दश उप-समूहमध्ये होटल बाहेक सबै सकरात्मक बन्दा नेप्से ०.९० प्रतिशतले बढेर ११७४.३७ बिन्दुमा उक्लेको छ । बजार सुधारिएसँगै लगानीकर्ताले राहत महसुस गरेका छन् ।

८ करोड रुपैयाँले खुम्चियाे काराेबार रकम

साेमबार ५ लाख ३३ हजार ४९२ कित्ता सेयर तीन हजार एक पटक कारोबार हुँदा १६ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ । एक बजेसम्म स्थिर बन्दा कारोबार रकम आइतबारको तुलनामा ८ करोड रुपैयाँले खुम्चिएको छ । अाइतबार २५ कराेड दुइ लाखकाे काराेबार भएकाे थियाे ।

आइतबार सबैभन्दा बढी अंकले घटेको जीवन बीमाकाे इन्डेक्स् सोमबार सबैभन्दा बढीले नै सुधारिएको छ । जीवन बीमाको इन्डेक्स् ११०.८५ अंक, निर्जीवन ७५.५५, विकास बैंक १६.२२,र लघुवित्त कम्पनी १५.०२ अंकले सुधारिएकाे हाे ।

त्यसैगरि वाणिज्य बैंक ७.५४ अंक, अन्य ६.९७, उत्पादनमूलक ४.५७, जलविद्युत ३.९८ र फाइनान्सको इन्डेक्स् २.३६ अंकले सुधारिएका छन् । होटल उप समूहमा मात्र साढे २ अंकको गिरावट आएको छ । प्रतिशतका आधारमा हेर्दा निर्जीवन र जीवन बीमा, विकास बैंक, लघुवित्त एक प्रतिशतले सुधारिएको छ ।

बैंकिङ्गमा धेरै काराेबार हुँदा नेपाल लाइफ धेरै काराेबार हुने कम्पनी

सोमबार बैंकिङ्ग समूहको ६ करोड ५१ लाख, निर्जीवन बीमा दुई करोड ७९ लाख, जीवन बीमा एक करोड ९८ लाखकाे काराेबार भएकाे छ । त्यसैगरि लघुवित्त उप समूहमा एक करोड ६७ लाख, जलविद्युत एक करोड १४ लाख र विकास बैंक उप समूहमा एक करोड ६ लाखको कारोबार भयो । 

नेपाल लाइफको सेयरमूल्य आइतबार ५.८९ प्रतिशतले घटेकोमा सोमबार ४ प्रतिशतको करेक्सन आएर मूल्य बढेर सबैभन्दा बढीको कारोबार भयाे । इन्स्योरेन्सको एक करोड २० लाख ६४ हजारको सेयर खरिद बिक्री भयो । त्यसपछि धेरै कारोबार हुनेमा वाणिज्य बैंक रहेपनि कुनैपनि कम्पनीको कारोबार करोड नाघ्न सकेन ।

एभरेष्ट, नबिल र प्राइम कर्मर्सियल, इन्भेष्टमेन्ट, मेगा, सानिमा,स्टाण्डर्ड चार्टड र ओम डेभलपमेन्ट बैंकको ४० लाख बढीको कारोबार भएको छ । मेगा बैंकको सबैभन्दा बढी २८ हजार ९२८ कित्ता सेयर किनबेच भएको छ भने नेपाल लाइफको सबैभन्दा बढी पटक १९१ वटा कारोबार भएको छ।

आरम्भले कमाउँदा सर्पोट माइक्रोफाइनान्सले धेरै गुमायाे

आरम्भ माइक्रोफाइनान्सको सेयरमूल्य सोमबार पनि ९ प्रतिशतले बढेर ८२० रुपैयाँ पुगेको छ । ग्रीन डेभलपमेन्ट बैंकर बेष्ट फाइनान्स कम्पनीका सेयरधनीले ६ प्रतिशतका दरले नाफा आर्जन गर्दा महिला सहयात्रा लघुवित्त, बैंक अफ काठमाण्डू, एनआईबिएल समृद्धि फण्ड र नेपाल लाइफको सेयरमूल्य पनि ४ प्रतिशतले बढेको छ ।

 

यसदिन सर्पोट माइक्रोफाइनान्स कम्पनीको सेयरमूल्य दश प्रतिशतको दरले घटेको छ । मल्टीपर्पोज फाइनान्सका सेयरधनीले ८.८९ प्रतिशतले गुमाउँदा नेपाल कम्युनिटी डेभलपमेन्ट, तिनाउ विकास बैंकको सेयरमूल्य दुई प्रतिशत बढीले ओरालो लाग्यो ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।