सिभिल बैंकको खुद मुनाफामा ८५ प्रतिशत सुधार

Aug 16, 2018 Merolagani



सिभिल बैंक (CBL) ले आ.व.२०७४/७५को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले ६४.५० करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ जुन गत वर्षको तुलनामा ८५.२० प्रतिशत बढी हो । खुद मुनाफामा पुछारमा रहेकाे सिभिलेका नाफा वृद्धिदर भने अन्य २६ वाणिज्य बैंकभन्दा उच्च रहेकाे छ ।

त्यसैगरी बैंकको रिएल स्टेट कर्जा गत आ.व.को तुलनामा ३.३९ प्रतिशतले घटेर १ अर्ब ४३ करोड भएको छ भने आवास कर्जा ३१.७८ प्रतिशतले वृद्धि भएको छ । बैैंकले विदेशी विनिमय कारोबारबाट मात्रै १६.९१ करोड रुपैयाँ आम्दानी गरेको छ जुन गत वर्षको तुलनामा ७०.६७ प्रतिशत बढी हो ।

बैंकले गत आ.व.को तुलनामा निक्षेपमा १६.८८ प्रतिशतले वृद्धि गरी ४० अर्ब १ करोड रुपैयाँ संकलन गरेको छ भने कर्जा प्रवाह गत आ.व.को तुलनामा ३३.७१ प्रतिशतले वृद्धि गरी ३९ अर्ब ४६ करोड लगानी गरेको छ । बैंकको खराब कर्जा अनुपात पनि ३.९८ बाट घटेर २.६५ प्रतिशत कायम भएको छ ।

बैंकले गत आ.व.को तुलनामा कर्जा प्रवाहमा गरेको वृद्धि रकम ९ अर्ब ९४ करोड तथा खुद मुनाफामा गरेको वृद्धि रकम २९ करोड ६७ लाख रुपैयाँ रहेको छ ।

आ.व. २०७४/ ७५को मसान्तसम्म २ लाख ५० हजारभन्दा बढी ग्राहकहरु रहेको सिभिल बैंकको कुल शाखा संख्या ६८ पुगेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।