क्लियरिङ्ग हाउसको सञ्चालकमा समाज प्रकाश श्रेष्ठ नियुक्त

Dec 12, 2018 Merolagani

नेपाल क्लियरिङ्ग हाउसको ११९ औं सञ्चालक समितिको बैंठकबाट फाइनान्स कम्पनीहरुका तर्फबाट रिलायन्स फाइनान्स लिमिटेडका डेपुटी प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठलाई सञ्चालक पदमा नियुक्त गरेको छ ।

यस अघि फाइनान्स कम्पनीमा सञ्चालक रहेका सुनिल पन्तले प्रमुख कार्यकारी अधिकृतमा पद्दोनती भए पश्चात् नेपाल क्लियरिङ्ग हाउसको उक्त सञ्चालक पदहरु रिक्त रहेको थियो ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंक तर्फबाट तीन जना, विकास बैंक, फाइनान्स कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिजबाट क्रमशः एक एक जना गरि जम्मा ७ जनाको प्रतिनिधि रहने व्यवस्था रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।