नक्कली ब्लु बुक बनाएर २ करोड ७१ लाख ठगी,बैंकका शाखा प्रबन्धकसहित ८ जना पक्राउ

Jan 28, 2019 Merolagani



सवारी साधनको नक्कली ब्लु बुक बनाएर बैंकको २ करोड ७१ लाख रुपैयाँ भन्दा धेरै ठगी गर्ने ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देव विकास बैंकका शाखा प्रवन्धकसहित काभ्रे भुम्लु गाउँपालिकाका वडा नं.१ का वडा सदस्य र अन्य ६ जना रहेको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।

देव बिकास बैंकको विभिन्न शाखाहरुबाट सवारी कर्जा लिने प्रयोजनका लागि बैंकका शाखा कार्यालयको कर्मचारीलाई सवारी साधन देखाई यातायात कार्यालयबाट प्राप्त प्रतिलिपी ब्लु बुकमा गलत विवरण भरेर बैंकमा धितो राखी ठगी गरिएको व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक उमा चर्तुवेदीले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा काभ्रे भुम्लु गाउँपालिका वडा नं १ का वडा सदस्य बालकृष्ण श्रेष्ठ, बैंकका तत्कालिन शाखा प्रबन्धक सरिन शंकर श्रेष्ठ तथा बैंककै धितो मूल्यांकनकर्ता पर्साका नेरश मान सिंह अमात्य र ऋणी बनेकाहरु नारायण श्रेष्ठ, चेत बहादुर श्रेष्ठ, विकास श्रेष्ठ, नविन श्रेष्ठ र कृष्ण बहादुर खत्री रहेका छन् ।

सवारी साधन किनबेच गर्ने नारायण बहादुर श्रेष्ठको योजनामा विभिन्न ११ वटा ऋणीहरुको नाममा १६ वटा कर्जा फाईल तयार गरी २ करोड ७१ लाख ७६ कर्जा स्विकृत गर्न सफल भएको व्यूरोको अनुसन्धानमा देखिएको थियो ।




नेप्सेमा 'ब्ल्याक फ्राइडे': एकै दिन १ हजार अंकको पहिरो, नेप्सेको प्राविधिक हालत !

Jul 24, 2026 04:01 PM

नेपाली शेयर बजारको इतिहासमा आज शुक्रवार शेयर बजारको कारोबार मापन गर्ने नेप्से सूचक एकै दिन १०००.९३ अंकले घटेर १७१७.७९ को विन्दुमा झरेको छ।