'एउटा शर्तमा ऋण दिएर आफू खुशी ब्याज बढाउँदै लैजाने बैंकहरुको तरिका उपयुक्त होइन' -प्रधानमन्त्री ओली

Feb 17, 2019 Merolagani



प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुको ब्याजदर नियमन गर्न अर्थमन्त्री र गर्भनरलाई निर्देशन दिएका छन्। शनिबार नेपाल उद्योग वाणिज्य महासंघका व्यवसायीसंग भएको छलफल पछि प्रधानमन्त्री ओलीलले यस्तो निर्देशन दिएका हुन् ।

महासंघको टोलीले बैंक तथा वितीय संस्थाद्वारा घोषित चर्को ब्याजदरका कारण निजी क्षेत्रलाई समस्या परेको प्रधानमन्त्रीसंग गुनासो गरेका थिए । व्यवसायीको गुनासो पछि प्रधानमन्त्री ओलीले बैंकहरुले एउटा सर्तमा ऋण दिने र आफू खुशी ब्याज बढाउदै लैजाने कुरा उपयुक्त नहुने भन्दै सरकारले नियमन गर्ने बताए ।

उनले बैंकहरु उत्पादनमुलक, रोजगारीका अवसर सृजना गर्ने, आत्मनिर्भर र निर्यातजन्य उद्योगहरुमा लगानी बढाउनु पर्ने र त्यस्ता क्षेत्रमा गरेको लगानीको ब्याजमा पनि लचिलो हुनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले कृषि क्षेत्रमा लगानी बढाउन बैंकहरुलाई आग्रह गर्दै उक्त क्षेत्रमा सबभन्दा कम ब्याज उठाउन आग्रह पनि गरे । बिलासिताका वस्तुमा लगानी कम गर्न र ब्याज बढी लिन पनि ओलीले बैंकहरुलाई सुझाब दिएका छन् ।

प्रधानमन्त्री ओलीले सरकारले सबै क्षेत्रको एकाधिकार तोड्ने र खुला प्रतिस्पर्धाको वातावरण बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।