नेपालको पुर्वाधार विकासमा सहयोग बढाउँदै जाने एशियाली विकास बैंकको प्रतिबद्धता

Mar 27, 2019 Merolagani

एशियाली विकास बैंकले नेपालको पुर्वाधार विकासका लागि सहयोग बढाउँदै लैजाने प्रतिबद्धता जनाएको छ । लगानी सम्मेलनमा सहभागि हुन काठमाण्डौं आएका एशियाली विकास बैंकका उपाध्यक्ष चेन चेनले अर्थमन्त्री डा. युवराज खतिवडासँगको भेटमा यस्तो प्रतिबद्धता जनाएका हुन् ।

भेटका क्रममा अर्थमन्त्री डा. खतिवडाले नेपालले संघीयता कार्यान्वयनका सन्दर्भमा वर्तमान सरकारले एक वर्षमा गरेका कामको जानकारी दिंदै नेपालको आर्थिक सामाजिक विकासमा एशियाली विकास बैंकले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए । उर्जा, सडक सञ्जालको विकास, पर्यटन, कृषि लगायतका क्षेत्रमा थप सहायता परिचालन गर्ने विषयमा समेत भेटका क्रममा छलफल भएको थियो ।

उपाध्यक्ष चेनले निजी क्षेत्रको लगानी प्रवद्र्धनका लागि वर्तमान सरकारले लिएका सुधारका प्रयासहरुको प्रशंशा गर्दै वर्तमान सरकारले राजनैतिक स्थायित्व दिन सक्ने र विकासका लागि धेरै काम गर्न सक्ने अवसर भएको बताएका थिए ।

छलफलको क्रममा उपाध्यक्षले वर्तमान सरकारको प्राथमिकता अनुसार भौतिक पूर्वाधारको विकास र खासगरी पूर्व पश्चिम राजमार्गको स्तरोन्नती, मेलम्ची खानेपानी दोश्रो आयोजनाको कार्यान्वयन, दुधकोशी, उर्जा विकास, पर्यटन पूर्वाधार, कृषि विकास लगायतका क्षेत्रहरुमा सहयोग बढाउँदै जाने प्रतिवद्धता व्यक्त गरेका थिए ।

अर्थमन्त्री डा. खतिवडाले लगानी सम्मेलनमा सहभागि हुने क्रममा उपाध्यक्ष चेनको नेपाललाई थप सहयोग गर्ने प्रतिबद्धतालाई स्वागत गर्दै धन्यवाद दिएका थिए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।