सिभिल बैंकले एकै पटक डाक्यो दुई वर्षको साधारण सभा, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ शेयरधनी?

Apr 16, 2019 Merolagani

सिभिल बैंक (CBL) ले यहि बैशाख २७ गते एकैदिन अमृतभोग, कालिकास्थानमा बिहान ११ बजे दुई आर्थिक वर्षको साधारण सभा आह्वान गरेको छ। आर्थिक वर्ष २०७३/७४ को एजिएम नै गर्न बाँकी बैंकले ०७४/७५ को सहित एकैपटक सभा आह्वान गरेको हो।

सिभिल बैंकले लाभांश र साधारण सभा प्रयोजनका लागि बैशाख १० गते मंगलबारदेखि शेयरधनी दर्ता किताब बन्द गर्दैछ । यसअनुसार बैशाख ९ गते सोमबारसम्म कायम रहने बैंकका शेयरधनीले मात्रै सधारण सभामा सहभागिता जनाउन पाउनुका साथै बैंकको लाभांश पाउनेछन् । बैंकको शेयरमूल्य बैशाख २ गते सोमबार प्रतिकित्ता १६३ रुपैयाँ रहेको छ ।

सातौं र आठौं साधारण सभाले क्रमश आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट १०.२५ प्रतिशत बोनस तथा ०७४/७५ को मुनाफाबाट ४.०५ प्रतिशत नगद लाभांश गरि कूल १४.३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसअनुसार बैंकले २०७३/७४ को मुनाफाबाट ७४ करोड ४० लाख ७९ हजार ३१२ रुपैयाँ बराबरको बोनस र ३ करोड ९१ लाख ६२ हजार ६९ रुपैयाँ नगद लाभांश तथा  २०७४/७५ को मुनाफाबाट २९ करोड ४० लाख २ हजार ६९ रुपैयाँ नगद गरि ३३ करोड ३१ लाख ६४ हजार १३८ रुपैयाँ नगद लाभांश वितरणका लागि अनुमोदन हुनेछ ।

यस्तै सभामा संस्थापक र साधारण शेयरधनीको तर्फबाट ३/३ जना गरि ६ जना सञ्चालक निर्वाचन गर्ने, बैंकको प्रबन्धपत्र तथा नियमावली संसोधन, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका मुख्य एजेण्डा रहेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।