आठ महीनाको व्यापार घाटा आठ खर्ब ८७ अर्ब ८९ करोड , निकासी ६ पैठारी ९४ प्रतिशत

May 16, 2019 RSS

उत्पादनमूलक वस्तु प्रवर्द्धन गरी निर्यातमुखी अर्थतन्त्र अवलम्बन गर्न नसक्दा नेपालले बर्सेनी अर्बौ रुपैयाँको व्यापार घाटा बेहोर्दै आएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो आठ महीनामा व्यापार घाटा करीब २४ प्रतिशतले वृद्धि भई आठ खर्ब ८७ अर्ब ८९ करोड पुगेको छ ।

पछिल्लो समय मुलुकमा विभिन्न वस्तु तथा सेवाको आयात बढ्दै गएको तथा सोही अनुपातमा स्वदेशी उत्पादन निर्यात हुन नसकेका कारण व्यापार घाटा चुलिएको हो । नेपालमा विदेशी वस्तु तथा सेवा मुख्यगरी भारत, चीन तथा तेस्रो मुलुकबाट आयात हुने गर्दछ । 

निकासी व्यापारमा फनि आयातित मुलुकका अतिरिक्त बङ्गलादेश, बेलायत, संयुत्तराज्य अमेरिका, जर्मनी, टर्की, प्रान्स, इटाली, जापान, क्यानाडा, अष्ट्रेलिया, डेनमार्कलगायत देशमा नेपाली उत्पादन आपूर्ति हुने गरेको छ । कूल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ६ प्रतिशत र ९४ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा देशको कूल निकासी १५ दशमलव ३ प्रतिशतले वृद्धि भई ६१ अर्ब २२ करोड तथा कूल पैठारी २२ दशमलव ९ प्रतिशतले वृद्धि भई ९ खर्ब ४९ अर्ब ११ करोड पुगेको छ । गत आर्थिक वर्षको पहिलो आठ महिनामा निकासी पैठारी व्यापारको अनुपात एक दशमलव १५ प्रतिशत रहेकामा चालू आवको सोहि अवधिमा यसको अनुपात एक दशमलव १६ प्रतिशत पुगेको छ ।

चालू आवको प्रथम आठ महीनामा नेपालबाट निकासी भएका प्रमुख वस्तुमा पोलिष्टर तथा अन्य धागो, फलामजन्य उत्पादन, ऊनी गलैँचा, तयारी पोशाक, जुट तथा त्यसबाट बनेका सामग्री, पश्मिना, चिया, जीआइ पाइप, जुस, अलैँची, जडीबुटीलगायत रहेका छन् ।

यसैगरी चालू आर्थिक वर्षको पहिलो आठ महिनामा पेट्रोलियम पदार्थको आयातमा करीब ३६ प्रतिशतले वृद्धि भई एक खर्ब ३७ अर्ब ६० करोड पुगेको छ । सवारी साधनका अतिरिक्त भौतिक पूर्वाधारको निर्माण तथा विकास परियोजनामा पेट्रोलियम पदार्थको प्रयोग बढेका कारण यसको आयातसमेत बढेको केन्द्रले जनाएको छ ।

स्टिल तथा तिनका उत्पादनको आयातमा ३३ दशमलव ७ प्रतिशतले वृद्धि भई एक खर्ब १२ अर्ब ४० करोड, यातायातका साधन र तीनका मेशिनरी पार्टपूर्जामा १४ दशमलव २ प्रतिशतले वृद्धि भई ६४।अर्ब एक करोड, इलेक्ट्रिक तथा इलेक्ट्रिोनिक्स सामग्रीमा ३९ दशमलव १ प्रतिशतले वृद्धि भई ३६ अर्ब ७१ करोड पुगेको छ । सुनको आयातमा १३ दशमलव ६ प्रतिशतले वृद्धि भई रु २३ अर्ब ४३ करोड पुगेको छ । त्यस्तै औषधिको आयातमा १३ दशमलव ६ प्रतिशतले वृद्धि भई २० अर्ब ९६ करोड पुगेको छ ।

अधिकांश आयातित वस्तु औद्योगिक उत्पादन, मालवस्तु ढुवानी, तथा सार्वजनिक यातायातमा खर्च भइरहेको सन्दर्भमा यस वस्तुको आयातले पनि समग्र अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान गरेको अर्थविद् राधेश्याम मालाकारले बताए ।

व्यापार घाटा न्यूनीकरण गर्न वाणिज्य तथा औद्योगिक नीतिलाई समयसापेक्ष परिमार्जन गर्नुपर्ने, उत्पादन बढाउनका लागि आवश्यक व्यवस्थालाई नीतिमा समावेश गरी कार्यान्वयन गर्नुपर्ने देखिएको छ ।

करीब ५० लाख युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिन बाध्य भएका कारण स्वदेशमा अधिकांश खेतबारी बाँझो छन् । जसले गर्दा स्वदेशमा उत्पादन हुन सक्ने कृषिजन्यउपज आयात भएको र विप्रेषणबाट आउने रकमको धेरै हिस्सा उपभोग क्षेत्रमा खर्च भएको छ । हाम्रो जस्तो विकासोन्मुख मुलुकमा उत्पादन भएका वस्तु तथा सामग्रीको लागत महङ्गो भई आयातित सामग्री सस्तो पर्ने हुँदा पनि व्यापार घाटा हुन गएको अर्थविद् मालाकारको दाबी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।