नरसंहारको भिडियो अनलाइनमा राख्नेलाई २१ महिनाको जेल सजाय

Jun 19, 2019 RSS

न्यूजील्यान्डको क्राइस्टचर्चस्थित मस्जिदमा भएको नरसंहारको भिडियो अनलाइनमा राखेको स्वीकार गरेका एक व्यक्तिलाई २१ महिनाको जेल सजाय दिइएको छ।

नवनाजीका चित्र एवं बिम्ब पोस्ट गर्ने ४४ वर्षीय फिलिप आप्र्स नाम गरेका व्यक्तिले विवादास्पद एवं आपत्तिजनक सामग्री वितरण गरेको भन्दै दोषी ठहर गरिएको छ ।

क्राइस्टचर्चको जिल्ला अदालतका न्यायाधीश स्टेफेन ओ–ड्रिस्कोलले बुधबार आप्र्समाथि सजाय सुनाएका थिए।

अदालतमा आप्र्सले अनलाइनमा भिडियो राखेकामा आफूलाई कुनै पश्चाताप नभएको बताएका थिए ।
क्राइस्टचर्चको मस्जिदमा भएको आक्रमणमा ५० जनाभन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै अरु केही घाइते भएका थिए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।