ग्लोबल आइएमईले आइएफसीबाट दुई करोड अमेरिकी डलर ऋण ल्याउने

Jun 27, 2019 12:34 PM Merolagani

ग्लोबल आइएमई बैंकले इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आइएफसी)बाट दुई करोड अमेरिकी डलर ऋण ल्याउने भएको छ ।

ग्लोबल आइएमई बैकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र इन्टरनेशनल फाइनान्स कर्पोरेशनका आवासीय प्रतिनिधि तथा नेपाल प्रमुख एम रेहन रशिदले ऋण सम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आइएफसी) ले ग्लोबल आइएमई बैंकलाई दुई करोड अमेरिकी डलर अर्थात दुई अर्ब बीस करोड नेपाली रुपैयाँ ऋण सहयोग उपलब्ध गराउनेछ ।

उक्त ऋण नेपाल राष्ट्र बैंकबाट स्वीकृति पश्चात आईएफसीबाट ल्याइने ऋणलाई ग्लोबल आइएमई बैंकले साना तथा मझौला उद्योग, पर्यटन तथा कृषि लगायत विभिन्न क्षेत्रहरुमा ऋण लगानी गर्नेछ ।

सम्झौताले हाल बैंकिङ्ग क्षेत्रमा देखिएको लगानीयोग्य पूजिँको अभावलाई केही हदसम्म कम गर्ने विश्वास बैंकले लिएको छ ।

केन्द्रीय बैंकले मौद्रिक नीतिको मध्यावधि समीक्षामा वाणिज्य बैंकलाई आफ्नो प्राथमिक पूँजीको शतप्रतिशत ऋण ल्याउनसक्ने ब्यवस्था गरेको हो। यसअघि रहेको वाणिज्य बैंकहरुले उत्पादनमुलक क्षेत्रमा लगानी गर्न विदेशबाट ऋण ल्याउने सीमा प्राथमिक पूँँजीको ५० प्रतिशत रहेको थियो।

विदेशी मुद्रामा ऋण लिएको रकम जलविद्युत तथा सौर्य र वायुजस्ता नवीकरणीय ऊर्जा उत्पादन तथा प्रशारण लाइन निर्माण, सडक, सुरुङमार्ग, विमानस्थल, केबलकार, पुलजस्ता भौतिक पूर्वाधारमा लगानी गर्नुपर्ने व्यवस्था छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।