मौद्रिक नीति नहेरी मर्जर सम्बन्धि कुनै नीति लिन सकिन्न - बैंक सञ्चालक

Jun 27, 2019 03:52 PM Merolagani

वाणिज्य बैंकहरूले विग मर्जरको लागि राष्ट्र बैंकले केही छुट तथा सुविधाहरू उपलब्ध गराएर स्वतस्फूर्त रूपमा मर्जरमा जाने वातावरण बनाइदिनुपर्ने बताएका छन् ।

राष्ट्र बैंकले मौद्रिक नीति तयारी गरिरहेको बेला बिहहीबार होटल याक एण्ड यतिमा आयाेजित छलफलमा वाणिज्य बैंकहरूको प्रमुख कार्यकारी तथा अध्यक्षहरूले विग मजर्रमा जान राष्ट्र बैंकले केही छुट र सहुलियत उपलब्ध गराएर बैंकहरूलाई प्रोत्साहन गर्नुपर्ने धारण ब्यक्त गरेका छन् ।

वाणिज्य बैंकरूलाई मर्जरमा जाँदा कर्मचारी समायोजनदेखि अन्य कुराहरूमा समेत असहज हुने हुँदा राष्ट्र बैंकले कर छुट दिने, सिआरआर घटाउने जस्ता सुविधा दिएर बैंकहरूलाई मर्जरमा जान प्रोत्साहन गर्नुपर्ने सनराइज बैंकका अध्यक्ष बचराज तातेरले बताए।

गर्भनरसँगकाे छलफलपछि उनले भने- मौद्रिक नीति नहेरी कुनै निर्णय गर्न सकिँदैन। तातेर सनराइज बैंकका सन्चालक हुन्।

तातेरले सनराइज बैंकले अहिलेसम्म मर्जरको बरेका केहि नसोचेको समेत स्पष्ट पारे।

ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले राष्ट्र बैंकले मौद्रिक नीतिमा वाणिज्य बैंकहरूको मर्जरलाई प्राथामिकताको साथ ल्याउने स्पष्ट संकेत देखिएको बताए।

उनले राष्ट्र बैंकले मौद्रिक नीति अगावै मर्जरको पार्टनर खोज्न आग्रह गरेकाले केही छुट सुविधा दिएर स्वत: स्फुर्त रूपमा मर्जरमा जाने वातावरण बनाइदिए बैंक तथा वित्तिय संस्थाहरू मर्जरमा जान तयार हुने बताए।

छलफलमा राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले मौद्रिक नीति आउनु भन्दा अघि नै मर्जरमा जान तयार भएर आउन बैंकरहरूलाई निर्देशन दिएका थिए।

राष्ट्र बैंकका प्रबक्ता लक्ष्मी प्रपन्न निरौलाले बैंकहरूलाई स्वतस्फूर्त रूपमा मर्जरमा जाने वातावरण बनाउन आग्रह गरे। उनले विदेशी लगानीमा आएका बैंकहरूको हकमा भने थप छलफल गरेर अघि बढ्ने बताए।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।