१० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार ३ बजेभित्र बोलकबोल गर्नुपर्ने

Jul 01, 2019 11:52 AM Merolagani

नेपाल राष्ट्र बैंकले असार १७ गते मंगलबार १० करोड रुपैयाँ रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले ९१ दिन अवधिको सो रकम बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो।

बोलकबोल मार्फत बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमा असार १६ गते सोमबार मध्याह्न ३ बजेसम्म अनलाईन विडिङ्ग प्रणाली मार्फत बोलकबोल गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ। 

ट्रेजरी बिलको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन्। उक्त ट्रेजरी बिल २०७६ असोज १४ गते परिपक्क हुनेछ।

यसअघि राष्ट्र बैंकले असार ९ गते १२ अर्ब २८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो। २८ दिन, ९१ दिन र १८२ दिनअवधिको गरि सो रकमको ट्रेजरी बिल बिक्री गरेको हो।

सो ट्रेजरी बिलमा बिक्री गर्दा २८ दिने अवधिको ट्रेजरी बिलमा औसत ४.३२७८, ९१ दिन अवधिमा ५.१७२० र १८२ दिनअवधिको ट्रेजरी बिलमा औसत ५.५०७६ डिकाउन्ट दर कायम भएको थियो।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ।

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।