मौद्रिक नीतिको पर्खाईमा लगानीकर्ता, शेयर कारोबार मध्यम, नेप्सेमा सामान्य सुधार

Jul 09, 2019 03:48 PM merolagani

शेयर लगानीकर्ता राष्ट्र बैंकको आगामी आर्थिक वर्षको मौद्रिक नीतिको पर्खाइमा रहँदा बजार सामान्य रहेको छ । मर्जर र ब्याजदरका विषयमा मौद्रिक नीतिमा के कस्ता व्यवस्था आउलान भन्नेमा लगानीकर्ताको चासो देखिन्छ ।

मंगलबार अघिल्लो दिनको तुलनामा शेयरबजारमा सामान्य सुधार देखिएको छ ।

यस दिन नेप्से २.९२ अंकले बढेर १२५०.२७ अंकमा पुगेको छ । बजारमा सामान्य बढ्दा कारोबार रकममा पनि केहि बढोत्तरी आएको छ । मंगलबार ४६ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

असार मसान्तको प्रभावले पनि कारोबार मध्यम देखिएको छ । राजश्व दाखिला एंवम कर्जाको साँवा–ब्याज तथा आयकर तिर्ने समय भएकाले पनि शेयरबजारमा केही दबाव परेको हो ।

एघार समूहको कारोबार भएको बजारमा होटल, निर्जीवन बीमा कम्पनी, माइक्रोफाइनान्स र म्युचुअल फण्डको सूचक ओरालो लागेको छ भने बाँकी सूचकमा सुधार देखिएकाे छ। जीवन बीमा समूह सबैभन्दा बढी २४.१२ अंकले बढेको छ । वाणिज्य बैंक समूहको सूचक ३.८७ अंकले माथि लागेको छ ।  निर्जीवन बीमा समूहको सूचक सबैभन्दा बढी ३७ अंकले ओरालो लागेको छ ।

यसदिन सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयर ६ करोड दुई लाखको कारोबार भएको छ। त्यस्तै लक्ष्मी बैंकको चार करोड १३ लाख रुपैयाँको कारोबार भएको छ। नबिल बैंकको पनि साढे दुई करोड बढीको कारोबार भयो ।

हिजोदेखि कारोबारमा आएको इन्फिनिटी लघुवित्तको शेयर मूल्य झण्डै दश प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य ४.२८ प्रतिशतले घटेको छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।