आँधिखोला लघुवित्तको शेयर सोमबार बाँडफाँड हुने

Jul 14, 2019 04:31 PM merolagani

आँधिखोला लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमवार बिहान १० बजे बाँडफाँड हुने भएको छ । लघुवित्तको शेयर निष्काशक तथा विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाटमा बाँडफाँड हुने भएको हो ।

लघुवित्तले असार २२ देखि २५ गतेसम्म सर्वसाधारणको लागि ३ लाख ७५ हजार कित्ता शेयरका लागि आवेदन खुला गरेको थियो ।

कूल ४ लाख कित्ता शेयर निष्काशन भएकोमा लघुवित्तका कर्मचारीहरूका लागि ५ हजार र सामूहिक लगानी कोषका लागि २० हजार कित्ता शेयर छुट्याएर बाँकी ३ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणमा जारी गरेको हो ।

विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार ३ लाख ८ हजार ४१४ आवेदनबाट ५४ लाख ५७ हार ३४० कित्ता अर्थात ५४ करोड ५७ लाख ३४ हजार रुपैयाँ बराबरको शेयर माग भएको छ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार १० कित्ताका दरले शेयर वितरण गर्दा ३७ हजार ५ सय जनाले मात्रै पाउनेछ भने बाँकी आबेदकको हाल खाली हुनेछ ।

आईपीओ निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड पुग्नेछ भने संस्थापक साधारण शेयर अनुपात ६०ः४० रहनेछ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।