‘निशुल्क बीमा’ शब्द प्रयोग नगर्न बीमा समितिको निर्देशन

Sep 12, 2019 12:30 PM Merolagani



बीमा समितिले बैंक तथा वित्तीय संस्थाहरुसंग निशुल्क बीमा वा सित्तैमा बीमा जस्ता शब्द प्रयोग गर्ने गरी सम्झौता नगर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ। समितिले भदौ २३ गते एक परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुसंग बीमकले सहकार्य गर्दा त्यस्तो शब्द प्रयोग नगर्न निर्देशन दिएको हो।

 अधिकांश जसो बैंक तथा वित्तीय संस्थाले निशुल्क बीमा तथा सित्तैमा बीमा जस्ता शब्दहरु प्रयोग गरेपछि बीमा समितिको ध्यानाकर्षण भएको हो। यस अघि पनि बीमा समितिका अध्यक्ष चिरन्जीवि चापागाँईले मौखिक रुपमा यस्ता शब्द प्रयोग नगर्न आग्रह गर्दै आएका थिए।

बीमा समितिले जारी गरिएको परिपत्रमा भनिएको छ, देशमा सञ्चालित विभिन्न उद्योग एवं बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो व्यवसायिक कारोबारमा सञ्चार माध्यमहरुबाट प्रचार प्रसार गर्दा निशुल्क बीमा वा सित्तैमा बीमा जस्ता शब्दहरु राखेको पाइयो। यस्तो अभ्यासबाट बीमा क्षेत्रमा नकारात्मक असर पर्न जाने देखिएकोले बीमा समितिबाट इजाजत प्राप्त जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई आफुले सहकार्य गरिएका संस्थाहरु मार्फत बीमा सेबा उपलब्ध गराउने कार्यमा निशुल्क वा सित्तैमा शब्द राखी सम्झौता नगर्न नगराउन जानकारी गराइन्छ।

बीमा कम्पनी समेतको सहकार्यमा हुने बीमा सेवाको प्रचार प्रसार सम्बन्धी कार्यमा बीमा कम्पनीको नाम समेत अनिवार्य हुनेगरी सम्झौता गर्न पनि समितिले निर्देशन दिएको छ।

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।