जनता बैंकले प्रस्ताव गर्यो लाभांश

Sep 22, 2019 08:38 PM Merolagani

जनता बैंक (JBNL) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १२ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको असोज ५ गते आइतबार साँझ सम्पन्न २९१ औं बैठकले शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद गरि कूल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्। 

बैंकले आ.व. २०७५/०७६ मा एक अर्ब ३१ करोड ८ लाख ४७ हजार ६०३ रुपैयाँ खुद मुनाफा आर्जन गरेकोमा सो मध्येबाट मिति २०७६ असार मसान्तमा कायम रहेको चुक्ता पूँजी ८ अर्ब ७ लाख ८५ हजार ९२५ रुपैयाँको १२ प्रतिशतले हुन आउने ९६ करोड ९४ हजार ३१० रुपैयाँ ९४ पैसा लाभांश शेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरेको हो। 

हाल चुक्ता पूँजी ८ अर्ब ७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको जनता बैंकको  प्रस्तावित लाभांश वितरण पश्चात ८ अर्ब ४८ करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले ८.५ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो। जनता बैंकले ग्लोबल आईएमईसँग मर्जरमा जाने सम्झौता गरिसकेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।