नेपाल पुनर्बीमाको बोनस नेप्सेमा सूचीकृत

Oct 04, 2023 12:59 PM Merolagani

असोज १७ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (NRIC) को बोनस शेयर सूचीकृत भएको छ। यस दिन नेप्सेमा कम्पनीको ४.७५ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो।

कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। सोही शेयर यस दिन नेप्सेमा सूचीकृत भएको हो।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले असार ७ गते बुकक्लोज गरेको थियो। कम्पनीले असोज ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुलाई सो दरमा बोनस शेयर वितरण गरेको थियो।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।