म्यादी जीवन बीमा शुल्कमा अनलाईन भुक्तानीको व्यवस्था गर्न बीमा समितिको निर्देशन

Sep 23, 2019 11:16 AM Merolagani

बीमा समितिले वैदेशिक रोजगार (म्यादी जीवन बीमा) को बीमा शुल्क अनलाईनबाट भुक्तानी गर्ने व्यवस्था मिलाउने चार जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ। 

समितिले पुलमा रहेका म्यादी जीवन बीमा गर्ने नेशनल लाईफ, सूर्या, युनियन र रिलायवल नेपाल लाईफलाई अनलाईनबाट बीमा शुलक भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

विदेशमा रहेका कामदारहरुले सम्बन्धित मुलुक हेर्ने नेपाली कुटनीतिक नियोगबाट बढीमा दुई पटक श्रम स्वीकृति लिन सकिने व्यवस्था छ। त्यस अनुसार विदेशबाट श्रमस्वीकृति नवीकरण गर्दा समस्या भएको भन्दै बीमा बापत बुझाउनुपर्ने रकम अनलाईन मार्फत भक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

अनलाईनबाट भुक्तानी गर्न सकिने भएसंगै बीमितले नवीकरण शुल्क सजिलै भुक्तानी गर्न सकिनेछ।

बीमा समितिले गत माघ १७ गते जीवन बीमा कम्पनीहरुलाई निर्देशन जारी गर्दै म्यादी जीवन बीमालाई व्यवस्थित बनाउन पुल प्रणलीको व्यवस्था गरेको थियो। त्यसअनुसार पहिलो चरणमा एक वर्षको लागि नेशनल लाइफ इन्स्योरेन्स, सूर्या लाइफ, युनियन लाइफ र रिलायबल नेपाल लाइफले म्यादी जीवन बीमा गर्ने जिम्मेबारी पाएका हुन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।