नाडेप सहित तीन लघुवित्त कम्पनीको वित्तीय विवरण सार्वजनिक हुन बाँकी

Nov 22, 2019 03:10 PM Merolagani



नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कूल ५० वटा लघुवित्त कम्पनीहरुमध्ये तीन कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण अझै सार्वजनिक गरेका छैनन्। प्रथम त्रैमास समाप्त भएको ३५ दिन कटेपनि यी कम्पनीको वित्तीय विवरण सार्वजनिक नभएको हो।

व्यवस्थापन र कर्मचारीको टकरावका कारण एक महिनादेखि कार्यालय ठप्प हुँदा नाडेपले वित्तीय विवरण सार्वजनिक गर्न सकेको छैन।

यस्तै हालै मात्र आईपीओ जारी गरेका घोडीघोडा लघुवित्त र स्वाभिमान लघुवित्तले पनि प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छैनन्।

अन्य ४७ लघुवित्त कम्पनीहरुको वित्तीय विवरण भने सार्वजनिक भैसकेको छ। यस अवधिमा कूल ५० वटा कम्पनीको चुक्ता पूँजी १५ अर्ब १८ करोड ७८ लाख र वित्तीय विवरण सार्वजनिक भैसकेको कम्पनीले ४७ कम्पनीको खुद मुनाफा एक अर्ब ५१ करोड ४ लाख रहेको छ।

यस्तै लघुवित्तहरुको औसत वार्षिक प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ९३ पैसा, औसत मूल्य आम्दानी अनुपात २८.४१ गुणा र औसत शेयरमूल्य ६५१ रुपैयाँ रहेको छ।

लघुवित्त कम्पनीले प्रथम त्रैमासका आधारमा न्यूनतम प्रतिकित्ता २ देखि अधिकतम ८८ रुपैयाँसम्म कमाएका छन्। मूल्य आम्दानी अनुपात न्यूनतम ११.८७ गुणादेखि अधिकतम २०० गुणासम्म रहेको छ भने शेयरमूल्य प्रतिकित्ता २८४ देखि १७२१ रुपैयाँसम्म रहेको छ।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।