नेपाल कम्यूनिटीको वित्तीय विवरण प्रकाशन गरेको दाबी

Dec 01, 2019 03:46 PM Merolagani



नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंक (NCDB) ले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण गत कार्तिक २९ गते नै प्रकाशन गरेको दाबी गरेको छ।

शुक्रबार मेरोलगानीले वित्तीय विवरण प्रकाशन नगर्ने तीन विकास बैंकको नामावली सहितको समाचार प्रवाह गरेपछि बैंकले आइतबार मेरोलगाानीमा सम्पर्क गरि बैंकले बुटवलबाट प्रकाशन हुने गरेको तिलोत्तमा दैनिकमा वित्तीय विवरण प्रकाशन गरेको बताएको हो।

तर बैंकले स्थानीय स्तरको दैनिक पत्रिकामा मात्र वित्तीय विवरण प्रकाशन गर्दा धेरै शेयरधनी तथा लगानीकर्ताको पहुँच उक्त वित्तीय विवरणसम्म पुग्न सकेको छैन। उसले राष्ट्रिय स्तरको र सबैतिर पहुँच पुग्ने दैनिक वा आर्थिक पत्रिकामा प्रकाशन गर्नुपर्ने प्रावधानलाई पालना नगरि सीमित पहुँच पुग्ने पत्रिकामा प्रकान हुँदा अधिकांशले उसको वित्तीय विवरण थाहा पाउन सकेका छैनन्।

बैंकले मेरोलगानीलाई उपलब्ध गराएको वित्तीय विवरणमा चालु आवको प्रथम त्रैमासमा बैंकले ७० लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै अवधिको तुलनामा बैंकको मुनाफा ५६.४३ प्रतिशतले घटेको हो। गत आवको प्रथम त्रैमासमा बैंकले एक करोड ६२ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

प्रथम त्रैमाससम्म बैंकले ३ अर्ब ७८ करोड ६९ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब १२ करोड २८ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ। यस अवधिमा बैंकले ४ करोड ७९ लाख ६२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा २४ लाख ७२ हजार मात्र धेरै हो।

५३ करोड १६ लाख ५८ हजार रुपैयाँ बराबरको चुक्ता पूँजी स्थिर राखेको बैंकले जगेडा कोषमा एक करोड १७ लाखले सुधार गर्दै २ करोड ७५ लाख ८७ हजार रुपैयाँ सञ्चित गरेको छ। यस्तै शेयरधनी कोषमा ९ करोड ५ लाख रुपैयाँ रहेको छ।

बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ९९ पैसा, प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ९६ पैसा र मूल्य आम्दानी अनुपात ४८.४७ गुणा छ।

तिनाउ मिसनसँग प्राप्ती प्रकृयामा रहेको नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकले मंसिर २२ गतेदेखि एकीकृत कारोबार थाल्दैछ। बैंकको यो नै अन्तिम वित्तीय विवरण हो। दोस्रो त्रैमासको प्रतिवेदन भने तिनाउ मिसनमा संलग्न भएर आउनेछ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।