सुपरिवेक्षकीय सूचना प्रणाली कार्यान्वयनमा ल्याउँदै राष्ट्र बैंक, तथ्याङ्क प्राप्त गर्ने सहज हुने

Dec 18, 2019 12:05 PM Merolagani



नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट प्राप्त भइरहेको तथ्याङ्कहरु थप प्रभावकारी ढंगबाट प्राप्त गर्ने उदेश्यले विकास गरिएको सुपरीवेक्षकीय सूचना प्रणाली (एसआईएस)  कार्यान्वयनमा ल्याउने भएको छ।

 राष्ट्र बैंकले पहिलो चरणमा वाणिज्य बैंक र इन्फ्रास्ट्रचर डेभलपमेन्ट बैंक मार्फत पुस २३ गते देखि पाइलट टेष्टको रुपमा कार्यन्वयनमा ल्याउने भएको हो।

एसआईएस समावेश गरीएका मोड्युल निमार्णका अधिकांश कार्यहरु सम्पन्न भई यस प्रणाली लागू गर्दै जाने सन्दर्भमा डिसेम्बर २२ देखि सर्भर तयारी अवस्थामा रहने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकहरु र इन्फ्रास्ट्रचर डेभलपमेन्ट बैंकले एसआईएस प्रणालीका लागि तोकिएको इनपुट फर्महरु अनिवर्या रुपमा अपलोड गर्न तथा राष्ट्र बैंकबाट गरिने स्थलगत निरीक्षणका जवाफ समेत समानान्तर रुपमा एसआईएस प्रणाली मार्फत बठाउन निर्देशन दिएको छ । साथै त्यस सम्बनधी फर्महरु राष्ट्र बैंकको वेबसाइट reporting.nrb.org.np मा राखिएको बैंकले जनाएको छ ।

 




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।