‘ई’ क्वाडरेन्टका मानिसहरु आफुसँग पैसा नहोला भन्ने डरका कारण सेक्युरिटी खोज्न थाल्छन् जबकी ‘एस’ वर्गका मानिसहरु भिन्न तरिकाले प्रतिक्रिया जनाउँछन्। त्यस्ता वर्गका मानिसहरु सेक्युरिटी खोज्दैनन्, उनीहरु त अवस्थालाई नियन्त्रणमा लिई आफै उपाय निकाल्छन्। त्यसैले लेखक ‘एस’ वर्गलाई ‘डु इट योरसेल्फ’ समूह भन्छन्। सेल्फ इम्प्लोइड व्यक्तिहरु प्राय हार्ड कोर परफेक्शनिस्टहरु हुन्। त्यस्ता व्यक्तिहरुलाई आफ्नो कामको बदलामा सबैभन्दा बढी महत्वपूर्ण कुरा पैसा हुँदैन। पैसाको सट्टा उनीहरुलाई स्वतन्त्रता, आफ्नै ढङ्गले काम गर्ने स्वतन्त्रता र आफ्नो क्षेत्रमा विज्ञको रुपमा गरिने सम्मान उनीहरुका लागि महत्वपूर्ण हुन्छ।
‘बी’ वर्गका मानिसहरु (व्यवसाय मालिकहरु) लाई प्रतिनिधि बनाउन मनपर्छ। हेनरी फर्डले भनेका छन्, ‘सबैभन्दा गाह्रो काम भनेको सोच्ने हो। त्यसैले यसमा निकै कम मानिसहरु संलग्न हुन्छन्’।
‘नेतृत्व भनेको मानिसहरुमा भएको उत्कृष्टता बाहिर ल्याउने क्षमता हो’ रिच ड्याड भन्छन्, ‘व्यवसायको प्राविधिक सिप सजिलो छ। सबैभन्दा गाह्रो भनेको मानिसहरुसँग मिलेर कार्य गर्नु हो’।
‘एस’ र ‘बी’ वर्गका व्यवसायीहरुबीचको भिन्नता
‘बी’ वर्गका व्यक्तिहरु व्यवसाय छोडेर गएको एक वर्ष वा सोभन्दा बढी समयपश्चात फर्किदा उनीहरुको व्यवसाय झन् राम्रोसँग चलेको र धेरै नाफा कमाइरहेको पाउन सक्छन्। तर ‘एस’ वर्गका व्यक्तिहरुले आफ्नो व्यवसाय सोही अवधिका लागि छोड्यो भने उनीहरुको व्यवसाय नै बाँकी नरहने हुनसक्छ।
त्यसो भए के कुराले फरक पार्यो त? जवाफ सजिलो छ। ‘एस’ वर्गका मानिसहरु ‘जागिर’ का मालिक हुन् भने ‘बी’ वर्गका एक सिस्टमका, जसले सिस्टमलाई चलाउन दक्ष र मानिसहरु नियुक्त गर्छन्।
‘बी’ जस्तै सफल बन्नको लागि यी कुराहरु चाहिन्छः
- सिस्टमको स्वामित्व अथवा नियन्त्रण र
- मानिसहरुको नेतृत्व गर्ने क्षमता
‘एस’ वर्गका मानिसहरुलाई ‘बी’ वर्गमा विकसित हुन उनीहरुलाई आफ्नो अवस्था र सिस्टमको बारेमा भएको जानकारीलाई परिवर्तन गर्न आवश्यक छ र धेरैजसो यस्तो गर्न असक्षम हुन्छन्।
‘आई’ (इन्भेष्टर)ः इन्भेष्टरहरु पैसाबाट पैसा कमाउँछन्। उनीहरुलाई काम गर्नु पर्दैन किनभने उनीहरुका लागि पैसा काम गरिरहेको हुन्छ। ‘आई’ क्वाडरेन्ट धनीहरुको खेल मैदान हो। जुनसुकै क्वाडरेन्टका मानिसहरु जो पैसा कमाउछन्, उनीहरु कुनै दिन धनी हुने आशा गर्छन् भने उनीहरुलाई अन्ततः ‘आई’ क्वाडरेन्टमा जानै पर्छ। यसै क्वाडरेन्टमा पैसा (मनी) धन (वेल्थ) मा रुपान्तरण हुन्छ।
क्यासफ्लो क्वाडरेन्ट
क्यासफ्लो क्वाडरेन्टले केवल आय उत्पन्न हुने तरिकाहरुबिचको भिन्नता बताउँछ चाहे त्यो ‘ई’ (इम्प्लोई), ‘एस’ (सेल्फ इम्प्लोइड), ‘बी’ (बिजनेस ओनर) होस् या ‘आई’ (इन्भेष्टर) नै किन नहोस्। यिनीहरु बीचको फरकको सारंश तल प्रस्तुत गरिएको छ।
ओपीटी र ओपीएम
यी दुबै धनाढ्यहरुको गोप्य कुराहरु हुन्ः
ओपीटीः अन्य व्यक्तिको समय (अडर पिपल्स टाइम)
ओपीएमः अन्य व्यक्तिको पैसा (अडर पिपल्स मनी)
ओपीटी र ओपीएम दुबै ‘बी’ र ‘आई’ क्वाडरेन्टमा पाइन्छ। बाँकी वर्गका लागि, जो ‘ई’ र ‘एस’ क्वाडरेन्ट अन्तर्गत कार्य गर्छन्, उनीहरु ओपी (अडर पिपल) हुन् जसको समय र पैसा प्रयोग भइरहेको छ।
सफल ‘एस’ हरु को कमजोरीमध्ये एक भनेको सफलको मतलब अधिक परिश्रम गर्नु हो। अर्को शब्दमा, कामको राम्रो प्रतिफल अधिक मेहेनत र अधिक समय काम गरेपश्चात प्राप्त हुन्छ।
‘बी’ व्यवसायहरुका लागि सफलता भनेको सिस्टम बढाउनु र धेरैभन्दा धेरै मानिसहरुलाई नियुक्त गर्नु हो। अर्को शब्दमा भन्नुपर्दा तपाई थोरै काम गर्नुहोस्, धेरै पैसा कमाउनुस् र बाँकी समय रमाइलो गर्नुहोस्।
‘रिच’ हुनु र ‘वेल्डी’ हुनु बीचको भिन्नता
धनको परिभाषा
धन भनेको ती दिनहरुको संख्या हो जुन दिनहरुमा तपाई शारीरिक रुपमा काम नगरी आफ्नो जीवनस्तर कायम राख्दै बाँच्न सक्नुहुन्छ। उदाहरणको लागि यदि तपाईको मासिक खर्च ५ हजार डलर छ र तपाईको बचत २० हजार डलर छ भने तपाईको धन भनेको १२० दिन अर्थात ४ महिना हो। धन भनेको समय हो, डलर होइन। तपाई कति पैसा कमाउनु हुन्छ त्यो महत्वपूर्ण कुरा होइन, तर तपाईले कति पैसा बचाउनुहुन्छ र त्यो पैसाले तपाईको लागि कति समय काम गर्छ त्यो महत्वपूर्ण हो।
धेरै मानिसहरु चाहे त्यो धनी होस् या गरिब, आफ्नो व्यक्तिगत फाइनान्सको ‘रेड लाइन’ मा सञ्चालित हुन्छन्। उनीहरु जति पैसा कमाएपनि त्यसलाई छिटो खर्च गर्छन्। कुनैपनि कारको इन्जिनलाई रेड लाइनमा चलाउनुको अर्थ इन्जिनको आयु कम गर्नु हो। यही गति तपाईको फाइनान्सको केसमा पनि सत्य हुन्छ।
धेरै डाक्टरको भनाइ छ कि आजभोलिको सबैभन्दा ठूलो समस्या भनेको मानसिक तनाव हो जुन जति काम गर्दा पनि पर्याप्त पैसा नहुनुका कारण उत्पन्न हुन्छ। एक डाक्टर बताउँछन् कि आजभोलिका स्वास्थ्य विकारहरुको कारण ‘वालेटको क्यान्सर’ हो।
पैसा कमाउने पैसा
‘आई’ क्वाडरेन्ट त्यस्तो क्वाडरेन्ट हो जहाँ पैसाले पैसा कमाउँछ। चाहे त्यो व्यक्तिको पैसाले जति नै पैसा किन नकमाओस, सो व्यक्तिलाई ‘आई’ क्वाडरेन्टमा राख्नुपर्दछ। यस क्वाडरेन्ट तपाईको पैसाले तपाईको लागि मेहेनतका साथ काम गर्दछ ताकि तपाईलाई मेहेनत गर्नु नपरोस् भन्ने सिद्धान्तमा आधारित छ। ‘आई’ क्वाडरेन्टका मानिस र अन्य समूहका मानिसहरु बिचको प्राथमिक भिन्नता भनेको उनीहरु आफ्नो पैसाले पैसा कमाओस् भन्ने कुरामा केन्द्रित हुन्छन्।
‘आई’ क्वाडरेन्ट त्यस्ता व्यक्तिहरुको वर्ग हो जो कम काम गर्छन्, धेरै कमाउँछन् र कम कर तिर्छन्।
पैसा गुमाउने डरले यी इन्भेष्टरहरुलाई ४ वर्गमा विभाजित गर्दछ।
- त्यस्ता व्यक्ति जो जोखिम लिन चाहँदैनन् र सुरक्षित लगानी गर्न चाहन्छन्, उनीहरु बैंकमा पैसा राख्छन्।
- त्यस्ता व्यक्ति जो अरु कसैमाथि जस्तै, वित्तीय सल्लाहकार वा म्युचुअल फण्डमा लगानी गर्छन्।
- ग्याम्बलर्स
- इन्भेष्टर्स
पैसा गुम्ने डरका कारण नै मानिसहरु सुरक्षा (सेक्यूरिटी) खोज्छन्। यदि तपाई धनी बन्न चाहनुहुन्छ भने तपाईले जोखिम लिन सिक्नुपर्छ। इन्भेष्टर बन्न सिक्नुपर्छ। तपाई, एक व्यक्तिको हिसाबमा अब आफै आर्थिक जिम्मेवार हुनुपर्छ। तपाईले अब कसरी लगानी गर्ने भन्ने थाहा पाउनुपर्छ र लगानी विद्यालयमा सिकाइने विषय होइन भन्ने पनि बुझ्नुपर्छ। तपाईलाई स्मार्ट बन्नको लागि र विचार तथा कार्यहरुमा निपूण बन्नको लागि विविधिकरणको सट्टा एकाग्रता आवश्यक छ।
जोखिम लिनुहोस्
जो व्यक्ति जोखिम लिन्छ उनीहरुले संसार बदल्न सक्छन्। जोखिम विना थोरै मानिसहरु मात्र धनी भएका छन्। सूचना युगको अर्थ हामी सबैले बढी आत्मनिर्भर बन्न, हुर्कन र रिटायरमेन्टपछिका लागि व्यक्तिगत जिम्मेवारी लिनु हो।
‘धेरै पढ्ने र सुरक्षित रोजगारी’ को विचार औद्योगिक युगको विचार हो। हामी अब त्यो युगमा छैनौँ। समय परिवर्तन हुँदैछ।
अध्याय ३ः किन व्यक्ति स्वतन्त्रता भन्दा सुरक्षा खोज्छन्?
धेरै व्यक्तिहरु कामको सुरक्षा खोज्छन् किनकी स्कुल र घर दुबैमा उनीहरुलाई यही सिकाइएको हुन्छ। हामीमध्ये धेरैजनालाई हाम्रो प्रारम्भिक दिनहरुमा नै आर्थिक सुरक्षा वा वित्तीय स्वतन्त्रताभन्दा पनि रोजगार सुरक्षाबारे सोच्न बाध्य बनाइएको छ।
यदी तपाईले क्यासफ्लो क्वाडरेन्ट हेर्नुभयो भने तपाईले बायाँ साइड सुरक्षा केन्द्रित छ भन दायाँ साइड स्वतन्त्रता केन्द्रित छ।
यदी तपाई ‘एस’ जत्तिकै सफल हुनुहुन्छ भने, तपाई अन्य क्वाडरेन्टका व्यक्तिहरुभन्दा बढी मेहेनत गर्नुहुन्छ र धेरै समय काम गर्नुहुन्छ। क्रमशः
भाग १ पढ्न यहाँ क्लिक गर्नुहोस्।