पन्ध्र रुपैयाँमा अनलाईन शेयर तालिम लिऔँ, लकडाउनको सदुपयोग गरौँ

May 15, 2020 07:34 PM Merolagani



के तपाई शेयर बजारमा लगानी गर्न इच्छुक हुनुहुन्छ? के तपाई लकडाउन सकिसकेपछि शेयर बजारमा लगानी गर्ने सोँचमा हुनुहुन्छ?

यदि तपाई शेयर बजारमा लगानी गर्न इच्छुक हुनुहुन्छ र यस विषयमा कुनै आईडिया नभएका कारण लगानी नगरि बसीरहनु भएको छ भने अब चिन्ता नगर्नुस्।

लामो समयदेखि शेयर बजार सम्बन्धि सूचना सम्प्रेषण गर्दै आएको मेरोलगानी डटकमले अब विषेश गरि तपाईहरुकै लागि अनलाइन मार्फत शेयर तालिम दिने व्यवस्था गरेको छ र त्यो पनि सस्तो मूल्यमा।

मेरोलगानी डटकमले अब मात्र १५ रुपैयाँमा शेयर बजार सम्बन्धि तालिम दिने व्यवस्था गरेको छ। यस तालिममा शेयर बजारको बारेमा जान्न चाहने सबैजनाले सहभागिता जनाउन सक्नेछन्।

यस तालिममा तपाईलाई शेयर बजारसम्बन्धि आधाभूत जानकारी मात्र नभई प्राविधिक विश्लेषण समेतको जानकारी प्राप्त गर्न सक्नुहुनेछ। यसका साथै, कस्तो अवस्थामा शेयर खरिद गर्ने, कस्तो अवस्थामा होल्ड गर्ने र कतिबेला बिक्री गर्ने भन्ने निर्णय लिन पनि यस तालिमले सहयोग गर्नेछ।

यस तालिमको विशेषताहरुः

  • प्राविधिक विश्लेषण बुझ्न सक्नुहुनेछ
  • टेवा (सर्पोट) र प्रतिरोध (रेसिस्टेन्स) गणना गर्न सक्नुहुनेछ
  • मैनबत्ती विश्लेषण (क्याडलस्टिक) बुझ्न सक्नुहुनेछ
  • ट्रेन्डलाइनहरु बुझ्न सक्नुहुनेछ
  • साथै, हरेक हप्ता नयाँ विषयहरु थप गरिनेछ

धेरैभन्दा धेरै सर्वसाधारणहरुलाई शेयर बजारसम्बन्धि जानकारी दिने उद्देश्यले मेरो लगानीले सस्तो मूल्यमा यस तालिम शुरु गर्न लागेको हो। इच्छुक व्यक्तिले मात्र १५ रुपैयाँमा (हरेक ३ दिनमा नविकरण हुने) गरि यस तालिम आयोजना गर्न लागेको हो। यो शुल्क एनसेलका ग्राहकहरुमा लागु हुनेछ। अन्य ग्राहकहरुले मासिक १५० रुपैयाँमा यो तालिम लिन सक्नेछन्।

यसबाहेक शेयर बजारका बारेमा ज्ञान भएका र थप ज्ञान लिन चाहनेहरुका लागि एडभान्स कोर्सको पनि व्यवस्था गरिएको छ। सो कोर्सका लागि तपाईले २ हजार ५०० रुपैयाँ तिर्नुपर्नेछ। यसबापत तपाईले एक हजार मिनेटभन्दा बढीको भिडियो हेर्न सक्नुहुनेछ। 

गत चैत ११ गतेदेखि सरकारले मुलुकव्यापी लकडाउन गरेको छ। यसका कारण धेरै मानिसहरु घरमा बस्न बाध्य भएका छन्। करिब २ महिना घर बसीसकेको अवस्थामा धेरैलाई कसरी समय बिताउने भन्ने भइसकेको छ। यस्तो अवस्थामा तपाईले मेरोलगानीको अनलाईन शेयर तालिम लिई लकडाउनमा समयको सदुपयोग गर्नुका साथै शेयरबजार सम्बन्धि ज्ञान लिन सक्नुहुनेछ।

अनलाईन शेयर तालिम लिन चाहने एनसेल प्रयोगकर्ताले यहाँ क्लिक गर्नुहोस्।

अन्य प्रयोगकर्ताहरुले यहाँ क्लिक गर्नुहोस्।

एडभान्स कोर्सका लागि यहाँ क्लिक गर्नुहोस्।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।