आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न रिलायबल लाइफले बोलायो साधारण सभा

Jul 05, 2020 02:59 PM Merolagani

सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले दोश्रो वार्षिक साधारण सभा बोलाएको छ। कम्पनी सञ्चालक समितिको असार १४ गते बसेको बैठकले साउन ११, होटल मेरियट, काठमाडौँमा साधारण सभा बोलाउने निर्णय गरेको हो।

साधारण सभाले सर्वसाधारणमा आईपीओ जारी गर्न प्रस्ताव पारित गर्दैछ। यस्तै, कम्पनीले  प्रबन्धपत्र र नियमावलीका सम्बद्ध दफाहरु संसोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने तयारी रहेको छ।

यसैगरी, सञ्चालक नियुक्तिको अनुमोदन गर्ने, सञ्चालकहरुको स्वदेश तथा विदेश भ्रमण भत्ता खर्च तोक्ने सम्वन्धमा साधारण सभाले निर्णय गर्नेछ।

यस्तै, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष  २०७४/७५ को वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्नेछ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।