सुनको मूल्य फेरि बढ्याे,कतिमा हुँदैछ काराेबार ?

Jul 07, 2020 01:03 PM Merolagani

गत साता ओरालो लागेको सुनको मूल्य असार २३ गते मंगलबार उकालो लागेको छ । यस दिन सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ९०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ४६० रुपैयाँमा कारोबार भइरहेको छ । गत बुधबार ९१ हजार ७०० रुपैयाँसम्म पुगेको सुनको मूल्यमा निरन्तर गिरावट आएपनि मंगलबार पुन: उकालाे लागेकाे हाे ।

यसैगरी चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला ९५० रुपैयाँ पुगेको छ। केहि दिन लगातार स्थिर रहेको चाँदीको मूल्य यसदिन बढेको हो ।                                                                

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।