माउण्टेन इनर्जी नेपालले पायो आईपीओ निष्काशनको अनुमति

Jul 10, 2020 03:10 PM Merolagani

माउण्टेन इनर्जी नेपाल लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न नेपाल धिताेपत्र बाेर्डबाट अनुमति पाएको छ । कम्पनीले हाल कामय जारी पूँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँको आईपीओ निष्काशन गर्न असार २५ गते बिहिबार अनुमति पाएको हो ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्काशन गर्नेछ । त्यस मध्ये कम्पनीले आयोजना प्रभावित स्थानियका लागि १९ लाख ६८ हजार २७ कित्ता र सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो ।

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउछ । 

आईपीओ निष्काशनका लागि कम्पनीले नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेकाे छ ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।