पैसाको नयाँ नियमहरु सिकाउने पुस्तक, ‘रिच ड्याड्स कन्सपिरेसी अफ द रिच’

Jul 29, 2020 06:25 PM Merolagani

गत बुधबार हामीले विश्व प्रसिद्ध पुस्तक ‘रिच ड्याड, पोर ड्याड’ का लेखक रोबर्ट किओसाकीद्वारा लिखित पुस्तक ‘रिच ड्याड्स कन्सपिरेसी अफ द रिच’ को पुस्तक सारंशकाे पहिलाे भाग प्रस्तुत गरेका थियाैँ। आज हामी साेही पुस्तककाे दाेस्राे भाग लिएर उपस्थित भएका छाैँ।

कसरी धनी बन्ने भन्ने विषयवस्तु यस पुस्तकमा समेटिएको छ। हाम्रो आर्थिक दृष्टिकोणमा के खराबी छ जसले गर्दा हामी धनी बन्न सकिरहेका छैनौँ भन्ने विषय यस पुस्तकमा प्रष्ट्याइएको छ। यसका साथै यस पुस्तकले पैसाका नयाँ नियमहरू पनि सिकाउँदछ। यसले तपाईको आर्थिक दृष्टिकोण पनि परिवर्तन गर्न सहयोग गर्नेछ भन्ने विश्वास गर्दछौँ। शुरु गरौँ पुस्तक सारंशको दाेस्राे भाग।

लेखक एक सल्लाहकार, रिचार्ड रसल, स्टक मार्केटका एक एक्स्पर्ट लाई फलो गर्छन्। उनी स्टक मार्केटलाई एक पोञ्जी स्कीमको रुपमा लिन्छन्। यदि कुनै नयाँ पैसा भित्रिएन भने मार्केट क्र्यास हुन्छ। रियल स्टेट र बण्ड मार्केटमा पनि यो कुरा लागु हुन्छ।

धेरै मानिसहरु आर्थिक रुपमा संघर्ष गरिरहेका हुन्छन् किनभने उनीहरुसँग बिक्री गर्न थोरै मात्र हुन्छ, कसरी बिक्री गर्ने भन्ने थाहा हुँदैन अथवा दुबै हुन्छन्। त्यसैले, यदि तपाई आर्थिक संघर्ष गरिरहनु भएको छ भने, बिक्री गर्ने केही कुरा खोज्नुहोस्, राम्रोसँग बिक्री गर्ने तरिका सिक्नुहोस् या दुबै गर्नुहोस्।

व्यवसाय निर्माण गर्नु र यसलाई सार्वजनिक बनाउनु या भनौँ स्टक एक्सचेञ्जमा शेयर बिक्री गर्नु, कुनै पनि उद्यमीको अन्तिम लक्ष्य हो। अहिले किन अमेरिकीहरु आर्थिक संघर्ष गरिरहेका छन्? किनभने चीन बिक्री गरिरहेको छ र अमेरिका खरिद गरिरहेको छ।

विद्यालयले हामीलाई एक्लै परीक्षा दिने तालिम दिएको छ। यदी मैले मेरा साथीहरुसँग सहकार्य गर्न वा सहयोग माग्न खोजेँ भने त्यसलाई ‘चिटिङ्ग’ भनिन्छ। यस अवधारणाले लाखौँ मानिसहरुलाई टापुहरुजस्तै सञ्चालित हुन बाध्य बनाइरहेको छ, अरुसँग सहकार्य गर्न डराइ दिएको छ किनभने उनीहरुलाई यो सिकाईएको छ कि सहकार्य भनेको एक प्रकारको ‘चिटिङ्ग’ हो।

अमेरिकाले पैसा छापिरहेको छ त्यसैले नै अन्य मुलुकहरुले पनि सम्भवतः पैसा छाप्नुपर्नेछ। यदि अन्य देशहरुले मुद्रण गरेनन् भने उनीहरुको देशको मुद्रा डलरको तुलनामा निकै बलियो हुनेछ र अमेरिकामा निर्यात सुस्त हुनेछ, जसले निर्यात गर्ने देशको अर्थतन्त्रमा सुस्तता निम्त्याउँछ। सम्भवतः यसको अर्थ जुन जुन मुलुकहरुले अमेरिकासँग ट्रेड गर्छ, ती मुलुकहरुमा महँगी बढ्नु हो।

सन् २००९ जुनमा जब लेखकले यो पुस्तक लेखे, उनी विश्वास गर्थे कि अमेरिकीहरु अझै आँधीको आँखामा छन्, र खराब अवस्था अझै आउन बाँकी छ।

त्यसअघि, सन् २००७ अगष्टमा, लेम्यान ब्रदर्स र बियर स्टन्र्सको वित्तीय स्ट्रहाउसलाई ध्वस्त पार्न २० बिलियन डलर ऋण नै पर्याप्त भयो। आईसल्याण्डको अर्थतन्त्र ठूला खराब ब्वाँसोको एक सास नै काफि भयो। बैंक अफ अमेरिका, रोयल बैंक अफ स्कटल्याण्ड, र एआईजी, स्टकको वित्तीय घर, सबै अहिले कमजोर छन्। विश्वको आठौँ ठूलो अर्थतन्त्र, क्यालिफोर्निया, जापानी अर्थव्यवस्था जस्तै एक वित्तीय मन्दीको किनारमा छ।

प्रश्न यो छ किः सन् २०११ को अक्टोबरदेखि नेभेम्बर हुने ४० बिलियन डलर बराबरको ऋणलाई के ल्याउँछ?

आफ्नो पैसाबाट असीमित प्रतिफल प्राप्त गरी तपाईको आफ्नो पैसा आफै छाप्नसक्नुहुन्छ। असीमित प्रतिफलको लागि लेखकले प्रयोग गर्ने व्याख्या ‘मनी फर नथिङ्ग’।

आफुले सम्पत्ती प्राप्त गर्न प्रयोग गरेको सबै पैसा फिर्ता आएपछि लेखक आफ्नै पैसा छाप्छन् तर, पनि उनीसँग सम्पत्ती हुन्छ र उनी त्यस सम्पत्तीबाट हुने क्यासफ्लोबाट भएको लाभको मजा लिन्छन्।
रिच ड्याड कम्पनीको सफलताको शुत्र भनेको उनीहरु प्रडक्टभन्दा पनि सम्पत्ती डिजाइन र सिर्जना गर्छन्। उदाहरणको लागि, हामी यो पुस्तकब छाप्दैनौँ। बरु हामी यस पुस्तकको डेरिभेटिभ सिर्जना गर्छौँ, लाइसेन्स, र सो लाइसेन्स हामी विभिन्न भाषामा छाप्नका लागि छापाखानामा दिन्छौँ।

स्टक जस्ता पेपर एसेटबाट तपाई विभिन्न तरिकाले पैसा छाप्न सक्नुहुन्छ। एक तरिका भनेको ‘अप्सन स्ट्राटेजी’ प्रयोग गर्नु हो।

लेखक भन्छन्,
उदाहरणको लागि, मानौँ मैले कुनै एक स्टकको प्रतिशेयर २ डलरमा एक हजार कित्ता शेयर खरिद गरेँ। त्यसपछि म अप्सन मार्केटमा जान्छु र आफुसँग भएको शेयरलाई १ डलर प्रिमियममा अर्थात प्रतिशेयर ३ डलरमा खरिद गर्न तीस दिनका लागि अप्सन दिन्छु। यदि त्यो स्टकको मूल्य ३ डलर वा सोभन्दा बढी पुग्यो भने त्यो व्यक्ति जसले अप्सन खरिद गरेको थियो, त्यसले ३ डलरमा स्टक खरिद गर्न सक्छन्।

यदि स्टकको मूल्य ३० दिनसम्ममा ३ डलर पुगेन भने, म यो अप्सन मनी १ हजार डलर मसँगै राख्छु। फेरि, याद गर्नुहोस् कि म लामो अवधिका लागि खरिद गर्दछु र एक महिनाभित्रै बेच्छु।

यस उदाहरण अनुसार ३० दिने अप्सन बिक्रीपछि मेरो खल्तीमा तत्काल एक हजार रुपैयाँ राख्नेछ।

यदि मैले अर्को ३० दिनको लागि सोही स्टक सोही अवस्थामा बिक्री गरेँ र त्यो स्टक ३ डलरभन्दा माथि गएन भने, मैले गरेको २००० लगानी बापत म पुनः एक हजार डलर प्राप्त गर्नेछु।

यसरी मेरो वित्तीय ज्ञान प्रयोग गरी म मेरो प्रारम्भिक २ हजार डलर लगानीबाट शतप्रतिशत प्राप्त गर्छु र आफ्नै पैसा छाप्न सफल भएँ। मेरो लागि यो पैसा लामो समयसम्म म्युचुअल फण्डमा लगानी गर्नु र आफ्नो पैसा सर्ट टर्म स्टक र अप्सन ट्रेडर्सबाट कानूनीरुपमा चोरी गराउनुभन्दा बढी अर्थपूर्ण छ।

लेखक क्यासभन्दा बढी सुन र चाँदी होल्ड गर्न रुचाउँछन्। उनी आफै आफ्नो लागि पैसा छाप्ने भएकोले अन्य दिनहरुको लागि पैसा जोगाउनतर्फ चिन्तित हुनु पर्दैन। सरकारले यति धेरै पैसा छाप्दा, उनी सुन र चाँदीको बचत सुरक्षित महसुस गर्छन्।

पूँजीगत लाभका लागि लगानी गर्नेहरु जुवा खेलिरहेका हुन्छन्। वारेन बफेटले भनेका छन्, ‘संसारमा स्टक खरिद गर्नुको सबैभन्दा बेवकुफ कारण भनेको यो बढ्छ भन्ने हो। पूँजीगत लाभका लागि लगानी गर्ने भएकाले नै लगानीकर्ताहरु स्टक मार्केट घट्दा डिप्रेस्ड हुन्छन्। पूँजीगत लाभका लागि लगानी गर्नु भनेको जुवा खेल्नु जस्तै हो किनभने बजारको उतारचढावमा लगानीकर्ताहरुको निकै थोरै नियन्त्रण हुन्छ। वित्तीय साक्षरता भएको मानिसले दुबै क्यासफ्लो र पूँजीगत लाभका लागि लगानी गर्छन्।

यदि पैसालाई एप्रिसियसनको पर्खाइमा वा शेयर प्राइस बढ्छ भनेर त्यतिकै पार्क गरि राख्नुभयो भने, तपाईको पैसा उत्पादनमूलक छैन र तपाईको लागि काम गरिरहेको छैन।

क्यासफ्लोको लागि गरिएको लगानीले लगानीका अधिकांश जोखिमहरुलाई निकाल्छ। जबसम्म तपाईको खल्तीमा क्यासफ्लो भइराख्छ, तबसम्म तपाईको सम्पत्तीको मूल्य घटेपनि तपाईलाई लुजर महसुस हुन गाह्रो हुन्छ। अर्कोतर्फ, यदि तपाईको सम्पत्तीको मूल्य बढ्यो भने, त्यो तपाईको लागि बोनस थप हुनेछ किनभने तपाईले पहिले नै क्यासफ्लो संकलन गरिरहनु भएको छ।

एक प्राविधिक लगानीकर्ताले बजारमा क्यासफ्लोमा आधारित ऐतिहासिक प्याटर्नहरुलाई हेर्छ र विगतका प्याटर्नहरुका आधारमा र बजार व्यवहारको भविष्यको पूर्वानुमानका आधारमा लगानी गर्छन्। वित्तीय साक्षर लगानीकर्ताले कहाँबाट क्यास फ्लो भइरहेको छ र कुन बजारमा फ्लो भइरहेको छ भन्ने कुरा जान्न चाहन्छ।

उदाहरणको लागि, जब स्टक मार्केट क्र्यास भइरहेको थियो र धेरै मानिसहरु डराइरहेका थिए, गोल्ड मार्केटमा धेरै क्यास फ्लो भइरहेको थियो।

एक प्राविधिक विश्लेषकले प्राविधिक सूचकका आधारमा सुनको मूल्य बढ्छ र स्टक मार्केट घट्छ भन्ने पूर्वानुमान गर्न सक्दछ र अन्य लगानीकर्ताको तुलनामा आफ्नो पैसा सुनमा सारिसकेको हुन्छ।

वित्तीय साक्षर मानिसहरुले आफ्नो पैसा चलाईराख्नुको कारण के हो भने, यदि अन्य अपरिपक्व लगानीकर्ताहरु जस्तै उनीहरुले आफ्नो पैसा एउटै एसेट क्लासमा पार्क गरिराख्यो भने जब उनीहरुको एसेट क्लासबाट क्यास बाहिर फ्लो हुन्छ, उनीहरुले आफ्नो पैसा गुमाउन पुग्छन्।

प्रडक्ट ‘बी–आई’ ट्रयाङ्गलको सानो र कम महत्वपूर्ण पाटो हो। व्यवसाय शुरु गरेपछि अधिकांश मानिसहरु असफल हुनुको कारण उनीहरु प्रडक्टमा केन्द्रित हुन्छन्, समग्र ‘बी–आई’ ट्रयाङ्गलमा होइन। रियल स्टेटमा पनि त्यही सत्य हो। अधिकांश मानिसहरु समग्र ‘बी–आई’ ट्रयाङ्गलभन्दा पनि सम्पत्ती मात्र हेर्छन्।

आफुलाई यी प्रश्नहरु सोधी अधिकांश लगानीको छिटो विश्लेषण गर्नुहोस्ः

  • पार्टनरहरु को हुन् र के म उनीहरुको पार्टनर बन्न चाहन्छु?
  • फाइनान्सिङ स्ट्रक्चर के हो र के यो अनुकूल छ?
  • व्यवस्थापन कत्तिको प्रतिस्पर्धी छ?

यदि यी प्रश्नका उत्तरहरु सन्तोषजनक भए भने, लगानीको बारे थप अन्य कुराहरु हेरौँ। क्रमशः

( अनुवाद: प्रत्येक अवाले)

पैसाको नयाँ नियमहरु सिकाउने पुस्तक, ‘रिच ड्याड्स कन्सपिरेसी अफ द रिच’ पहिलाे भाग

१० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।