निष्क्रिय कर्जा बढेपछि घट्यो सामुदायिक लघुवित्तको नाफा

Aug 10, 2020 08:35 AM Merolagani

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBSL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा लघुवित्तको खुद नाफा घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९८ लाख ३३ हजार रुपैयाँ कम हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले २ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी बढेपनि निष्क्रिय कर्जा बढेका कारण सम्भावित जोखिम बापतको व्यवस्थामा ठूलो रकम छुट्याउनु पर्दा लघुवित्तको खुद नाफा घट्न पुगेको हो।

असार मसान्तसम्ममा लघुवित्तले ४३ करोड ११ लाख रुपैयाँ निक्षेप संकलन तथा ५६ करोड २० लाख रुपैयाँ सापटीबाट १ अर्ब १० करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसबापत लघुवित्तले ८ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ। लघुवित्तको यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८० लाख ३८ हजार रुपैयाँ बढी हो। समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा १ करोड ६८ लाख रुपैयाँ घटेर १ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ। सम्भावित जोखिम बापतको व्यवस्थामा २ करोड ३ लाख रुपैयाँ छुट्याएसँगै सञ्चालन मुनाफा घट्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा १.४५ प्रतिशतबाट बढेर ३.५८ प्रतिशत पुगेको छ।

१० करोड चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ८ करोड ८१ लाख रुपैयाँ सञ्चित छ। अघिल्लो आर्थिक वर्ष लघुवित्तको जगेडा कोषमा ७ करोड ५६ लाख रुपैयाँ रहेको थियो। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १३ रुपैयाँ २३ पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात ७२.२० गुणा कायम भएको छ। त्यसैगरी, लघुवित्तको प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ९९ पैसा कायम भएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।