ब्याज आम्दानी बढेतापनि सूर्योदय वाेमी लघुवित्तको नाफा किन घट्यो?

Aug 15, 2023 11:14 AM Merolagani

सूर्योदय वाेमी लघुवित्त वित्तीय संस्था लिमिटेड(SWMF)ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ७ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.९० प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १३ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी बढेतापनि सञ्चालन आम्दानीमा संकुचन आउदा र इम्पेरमेन्ट चार्ज बढेका कारण लघुवित्तको खुद नाफा दवाव पुगेको हो ।

यस अवधिमा लघुवित्तको सञ्चालन आम्दानी ४३.६९ प्रतिशतले घटेर ११ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २१.९२ प्रतिशतले बढेको छ । लघुवित्तको वितरणयोग्य मुनाफा भने ६ करोड ९० लाख रुपैयाँ रहेको छ । यस अवधिमा लघुवित्तको खराब कर्जा अनुपात बढेको देखिन्छ । समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ६.७८ प्रतिशत पुगेको छ । लघुवित्तको इम्पेरमेन्ट चार्ज बढेर एक करोड १६ लाख रुपैयाँबाट बढेर दुई करोड ३४ लाख रुपैयाँ पुगेको छ ।

९१ करोड ७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा एक अर्ब २२ करोड ३५ लाख रुपैयाँ सञ्चित छ । सो अवधिसम्ममा लघुवित्तले ४ अर्ब ५४ करोड ८४ लाख लाख निक्षेप तथा सापटीबाट १० अर्ब ४ करोड ५६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६३ पैसाबाट घटेर ८ रुपैयाँ ७५ पैसा कायम भएको छ । असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २५५ रुपैयाँ २४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८३.७३ गुणा छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।