निरन्तर दाेस्राे दिन घट्याे सुनकाे मूल्य, यतिमा हुँदैछ काराेबार

Aug 10, 2020 11:03 AM Merolagani

सुनको मूल्य निरन्तर दाेस्राे दिन घटेको छ। साउन २६ गते, सोमबार सुन तोलामा २०० रुपैयाँले घटेको हाे।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला एक लाख दुई हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन आइतबार सुन तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला एक लाख दुई हजार ६०० रुपैयाँमा काराेबार भएकाे थियो।

अन्तरराष्ट्रिय बजारमा पनि सुनको भाउमा गिरावट आएको छ। सोमबार प्रतिअउन्स दुई हजार २९ डलरमा सुन किनबेच भइरहेको छ।

यसैगरी, सुनसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ। सोमबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३९५ रुपैयाँमा खरिदबिक्री भएको छ।

निरन्तर रुपमा आकाशिएको सुन र चाँदीको भाउ अन्तरराष्ट्रिय बजारमा घटेसँगै नेपाली बजारमा पनि घटेकाे हो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।