एनएलजी इन्स्योरेन्सको कटअफ मूल्य कति?

Aug 25, 2020 07:25 PM Merolagani



एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड (NLG) को संस्थापक शेयरको प्रारम्भिक कटअफमूल्य १२५ रुपैयाँ ५० पैसा र साधारण शेयरको प्रारम्भिक कटअफ मूल्य ६०५ रुपैयाँ कायम भएको छ।

यद्यपि, अन्तिम भेरिफिकेशन पश्चात कटअफ मूल्यमा सामान्य परिवर्तन आउनसक्ने इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ। अन्तिम तथ्याङ्क तयार गर्ने क्रम जारी रहेकाले कति जनाले शेयर पाए भन्ने जानकारी प्राप्त भइसकेको छैन।

भदौ ९ गते मंगलबार प्रतिकित्ता ७१७ रुपैयाँमा अन्तिम कारोबार भएको इन्स्योरेन्सको साधारण शेयरको कटअफ मूल्य ११२ रुपैयाँ तल कायम भएको हो।

लिलाम बिक्री गरिएको शेयरमा कूल ७९ हजार ८५३ दशमलव २५ कित्ता साधारण शेयर खरीदका लागि १ हजार ५७३ वटा र ८१ हजार २२४ दशमलव ७५ कित्ता संस्थापक शेयर खरीदका लागि २० वटा आवेदन परेको क्यापिटलले जनाएको छ।

इन्स्योरेन्सले साउन २२ देखि २९ गतेसम्म लिलामी बिक्री गरेको अवितरित हकप्रद शेयरको बोलपत्र बोलपत्र आज ११ बजेदेखि खोलिएको हो।