सरकारले राखेको सूपथ मूल्य पसलको जापानी चामल ब्यापारीको गोदाममा, सधैभरी सूपथ मूल्यको पसल संचालनमा ल्याउने योजना बन्दै

Oct 23, 2014 Kailash Khadka



दशै, तिहार र छड पर्वलाई लक्षित गरी राजधानी काठमाडौलगायतका शहरमा सुपथ मूल्य पसलहरु संचालन गरेको सरकारले यस्ता पसलहरु सधैभरि संचालनमा ल्याउने योजना बनाएको छ । 

 
सर्वसाधारणलाई बर्षभरि नै सस्तो र गुणस्तरीय खाद्य बस्तु उपलब्ध गराउने उदेश्यले छिट्टै यो योजना ल्याउन लागेको साल्ट  ट्रेडिड. कर्पोरेशनका  सिर्जन रेग्मीले बताउनुभयो । सरकारले दसै, तिहार र छठ पर्वलाई लक्षित गर्दै उपत्यकाका विभिन्न ठाउँमा असोज १ गतेदेखि सुपथ मूल्यको पसल संचालन गरिरहेको छ । ब्यवसायीले दैनिक उपभोग्य वस्तुको मूल्यबृद्धि र कृत्रिम अभाव गर्ने प्रवृति रहेकोले त्यसलाई निरुत्साहित गर्न सरकारले वर्षैनि दशैं, तिहार र छठ सम्मका लागि सहुलियत पसल संचालन गर्दै आएको छ । यस्ता पसलमा दैनिक उपभोग्य बस्तु चामल, दाल, तेल लगायतका सामाग्री बिक्री वितरण हुने गरेका छन् ।
 
साल्ट ट्रेडिड. कर्पोरेशनले तिहारसम्ममा ६ ठाउँमा गरी झण्डै  डेढ करोड बराबरको कारोबार गरेको बताएको छ । सुपथ मूल्य पसलमा विगतको वर्षमा भन्दा यस वर्ष कारोबार बढेको जनाईएको छ । यस्ता पसलहरुमा ५ रुपैयाँ देखि २५ रुपैयाँ सम्म छुटको व्यवस्था गरिएको छ । उपत्यकाका मुख्य मुख्य ठाउँमा यस्ता पसल  सधै भरिका लागि संचालन गर्नुपर्ने सर्वसाधारणको माग आएकाले त्यसमाथि विचार भईरहेको कर्पोरेशनले जनाएको छ । 
 
 
नेशनल ट्रेडिङ्ग लिमिटेडले पनि सर्वसाधारणलाई सस्तो र  गुणस्तर खाद्य बस्तुमा २० देखि ७० प्रतिशत सम्म छुटको व्यवस्था गरेपछि विगतको वर्षमा भन्दा यसवर्ष सर्वसाधारणको घुइचो लागेको देखिएको छ । हालसम्ममा लिमिटेडले २३ लाख बराबरको कारोबार गरेको छ । यहाँ पाउने सामान बाहिर २ देखि ३ सय सम्म महगों हुदा पनि सरकारले वेवास्ता गर्दा सर्वसाधारण मारमा परेको कर्मचारी स्वयमले स्वीकार गरेका  छन् । “हामीले २ हजार  १ सयमा बचेको हुलास वास्मति चामल बाहिर २  हजार ३ रुपैयाँमा विक्रि वितरण भईरहेको छ यस तर्फ सरकारले कुनै चासो नदिदा सर्वसाधारण मर्कामा परिरहेका  छन्” कर्मचारी भन्छन् । 
 
यस्तै दुग्ध विकास संस्थाले पनि विगतको वर्षमा भन्दा यस वर्ष कारोबार बढेको बताएको छ । सूपथ मूल्य पसलमा यसपटक १८ लाख रुपैयाँ बराबरको कारोबार भएको संस्थानले जनाएको छ । 
सुपथ मूल्य पसलमा जुम्लाको अर्गानिक स्याउ, आलु र दाल पनि राखिएको छ । यी  पसलहरु कात्तिक १५ गते सम्म संचालन  हुनेछन् । 
 
सुपथ मूल्यको सामान ब्यापारीको गोदाममा 
 
नेपाल खाद्य संस्थानले सुपथ मूल्य पसलमा विक्रिमा राखेको जापानिज चामल सर्वसाधारणको आबरणमा ब्यापारीले आफ्नो गोदाममा जम्मा गरेको कर्मचारीको भनाई छ । सहुलियत पसलबाट एक ब्यक्तिले चामल एक बोरा मात्र लैजान पाउने भए पनि व्यापारीले स–साना बालबालिकाको प्रयोग गरी धेरै बोरा चामल लगेको उनीहरुको भनाई छ ।
 

 




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।