२४ घण्टामा देशभरमा ७४२ जनामा कोभिड १९ पुष्टि, १०७९ जना संक्रमण मुक्त

Dec 21, 2020 04:57 PM Merolagani



पछिल्लो २४ घण्टामा देशभरमा भएको ६ हजार ३५१ पीसीआर परीक्षणमध्ये ७४२ जनामा कोभिड १९ पुष्टि भएको छ भने सात जना संक्रमितको निधन भएको छ । सोहि अवधिमा एक हजार ७९ जना कोरोना मुक्त भएका छन् ।

सोमबार थपिएका संक्रमितमध्ये काठमाडौंका १७९ जना, ललितपुरका ३३ जना र भक्तपुरका २६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसरी उपत्यकामा आज २३८ जना थपिएका हुन् ।

हालसम्म नेपालमा दुई लाख ५४ हजार ५१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने संक्रमण निको हुनेहरु दुई लाख ४४ हजार ७४३ जना रहेका छन् । देशमा ज्यान गुमाउनेको कुल संख्या एक हजार ७९५ पुगेको छ । त्यस्तै मुलुकमा कुल १८ लाख ७७ हजार १८१ नमुना परीक्षण भइसकेको छ ।

हाल संक्रमण सक्रिय हुनेहरु सात हजार ९७६ जना र क्वारेन्टिनमा ४२१ जना रहेका छन् ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।