शिखर इन्स्योरेन्सको खुद नाफा १० प्रतिशतले बढ्यो, खुद बीमाशुल्क पनि एक अर्ब माथि पुग्यो

May 13, 2021 09:25 AM Merolagani

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (SICL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३६ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १०.२६ प्रतिशतले धेरै हो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ३२ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको खुद बीमाशुल्क पनि ११.९७ प्रतिशतले बढेर एक अर्ब ८ करोड २४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ९६ करोड ६८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस अवधिसम्ममा इन्स्योरेन्सले पुनर्बीमा कमिशनबापत ४६ करोड ४९ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट १३ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी १ अर्ब ७५ करोड ८५ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६१ करोड ७६ लाख रुपैयाँ, बीमा कोषमा १ अर्ब २३ करोड ८९ लाख रुपैयाँ र महाविपत्ती कोषमा ९ करोड ४३ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २७ रुपैयाँ ५५ पैसा, प्रतिशेयर नेटवर्थ २१० रुपैयाँ ९४ पैसा र मूल्य आम्दानी अनुपात ६८.७४ गुणा रहेको छ ।

चैत मसान्तसम्ममा २ लाख ११ हजार ९९६ वटा बीमालेख जारी गरी २ अर्ब ९६ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

यस अवधिसम्ममा इन्स्योरेन्सले १६ हजार ९१४ दाबीबापत १ अर्ब ७३ करोड १४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ९ हजार २८६ दाबी वापत १ अर्ब ४२ करोड ७० लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।