प्रभु इन्स्योरेन्सको खुद बीमाशुल्क र नाफा दुबैमा सामान्य वृद्धि

May 13, 2021 11:44 AM Merolagani

प्रभु इन्स्योरेन्स (PRIN) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद बीमाशुल्क र खुद नाफा दुबैमा सामान्य सुधार भएको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा कम्पनीको खुद बीमाशुल्क ६.३३ प्रतिशतले र खुद नाफा ४.९५ प्रतिशतले बढेको वित्तीय विवरण प्रकाशित गरेको हो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १५ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यस अवधिमा १५ करोड ९८ लाख रुपैयाँ पुर्याएको छ ।

कम्पनीको खुद बीमाशुल्क पनि ४३ करोड ४० लाख रुपैयाँबाट ४६ करोड १४ लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीले पुनर्बीमा कमिशन वापत ११ करोड ४६ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट २ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्त पूँजी १ अर्ब ५ करोड ६२ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २८ करोड ९३ लाख रुपैयाँ, बीमा कोषमा ७८ करोड ८९ लाख रुपैयाँ र महाविपत्ती कोषमा ११ करोड ७० लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २१३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६४ गुणा रहेको छ ।

कम्पनीले यस अवधिमा ८ हजार ४८७ वटा बीमालेख जारी गरी कुल १ अर्ब १५ करोड ७२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।

यस्तै कम्पनीले ७ हजार ६३० दाबी वापत २९ करोड ९३ लाख रुपैयाँ भुक्तानी गरेको छ भने एक हजार ९५९ वटा दाबी वापत १६ करोड ९२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकि छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।