लाभांश र हकप्रद प्रस्ताव पारित गर्न राधीले डाक्यो साधारण सभा

Jun 22, 2021 08:31 AM Merolagani

राधी विद्युत कम्पनी लिमिटेड (RADHI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश र बोनस शेयर वितरणपश्चात हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

कम्पनीले असार २९ गते, आफ्नो केन्द्रिय कार्यालय, त्रिपुरेश्वरमा सो सभा डोकेको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ भने सभामा सहभागिताको लागि जुम आईडी र पासवर्ड उपलब्ध गराइने कम्पनीले बताएको छ।

सभाले चुक्ता पूँजीको ३६.५ प्रतिशत (कर बाहेक) बोनस शेयर वितरण गर्ने र बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको १४७.५२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै नियामक निकायहरुको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्ताववित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले असार १५ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार असार १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउनुका साथै कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।