आशा लघुवित्तको नाफा उल्लेख्य बढ्यो, ईपीएस कति बढ्यो?

Aug 01, 2021 04:35 AM Merolagani

आशा लघुवित्त वित्तीय संस्था लिमिटेड (ALBSL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा उल्लेख्य बढेको छ।

समीक्षा अवधिमा लघुवित्तको खुद नाफा १७२.६६ प्रतिशत बढेर १२ करोड ७१ लाख रुपैयाँ पुगेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा ४ करोड ६६ लाख रुपैयाँ मात्र रहेको थियो।

खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानी बढेसँगै खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार भएको हो। यसका साथै लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याएका कारण पनि खुद नाफा बढ्न टेवा पुगेको देखिन्छ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५४.९३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १४९.३९ प्रतिशत बढेको छ। चैत मसान्तसम्ममा लघुवित्तले १ करोड ६० लाख रुपैयाँ खराब कर्जा उठाएको छ।

समीक्षा अवधिमा लघुवित्तको जगेडा कोष २७६.५७ प्रतिशत बढेको छ भने सापटी ५१.९० प्रतिशत, निक्षेप ५६.९६ प्रतिशत र कर्जा ६३.१० प्रतिशत बढेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३० रुपैयाँ १४ पैसा बढेर ४७ रुपैयाँ ६० पैसा पुगेको छ। चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३९.०६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ९४ पैसा रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।